काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशबाट फर्किँदा दुई वटा मोबाइल ल्याउन पाउने विषयलाई सरल र सहज बनाउन निर्देशन दिनुभएकाे छ । उहाँले विदेशबाट फर्केका नेपालीले व्यक्तिगत प्रयाेजनका लागि माेबाइल ल्याउन पाउने सम्बन्धमा नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई फुकाउन निर्देशन दिनुभएकाे हाे ।
प्रधानमन्त्री दाहालले आज पुनः उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेललाई त्यससम्बन्धमा आवश्यक व्यवस्था मिलाउन निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी...