काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यात्रुहरूले विदेशबाट अतिरिक्त मोबाइल ल्याउन पाउने व्यवस्था तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन्। उनले अर्थमन्त्री विष्णु पौडेललाई केही दिन अगाडि आफूले दिएको निर्देशन कार्यान्वयन नभएको भन्दै तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका हुन्। प्रधानमन्त्री प्रचण्डले विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोबाइल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या सिर्जना भएको घटनामा जनस्तरबाट राखिएको चासो र गुना