एमालेका २२ सांसद स्पष्टीकरण : पद जाला कि जोगिएला ?

६ साउन, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले सोमबार वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरे पनि  अहिलेसम्म यसको प्रक्रिया अगाडि बढाएको छैन । पार्टीको ह्वीप उल्लंघन गरी साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको आरोपमा उनीहरुलाई स्पष्टीकरण सोधिए पनि पत्र व्यहोरा भने अर्कै रहेको एमाले […]

सम्बन्धित सामग्री

प्राधिकरणलाई वायुसेवा निगमको स्पष्टीकरण

काठमाडौं । नेपाल वायुसेवा निगमले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई स्पष्टीकरण बुझाएको छ । नेपालको हवाई उड्डयनसम्बन्धी नियामक निकाय प्राधिकरणले नेपाल वायुसेवा निगमलाई हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै लिखित स्पष्टीकरण सोधेर त्यसको जवाफ मागेको थियो । जवाफमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले स्पष्टीकरणसहितको पत्र बुझाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता एवं उपमहानिर्देक जगन्नाथ निरौलाले जानकारी दिए ।  उनले भने, ‘प्राधिकरणले हवाई सुरक्षाका विषयमा प्रश्न उठाई सात दिनभित्र बुझाउने गरी स्पष्टीकरण सोधेको थियो, वायुसेवा निगमले त्यस विषयलाई स्पष्ट गरेर स्पष्टीकरणसहितको पत्र बुझाएको छ ।’  प्रवक्ता निरौलाले उक्त स्पष्टीकरण अध्ययनकै क्रममा रहेको पनि जानकारी दिए । उनले भने, ‘वायु सेवा निगमका तर्फबाट स्पष्टीकरण आएको छ र अब त्यसलाई प्राधिकरणले अध्ययन गर्नेछ ।’  प्राधिकरणले नेपाल वायुसेवा निगमले हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै यही चैत १३ गते निगमलाई स्पष्टीकरण सोधेको थियो । रासस

एन्फाले पठाएन राखेपलाई स्पष्टीकरण

२० चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफ्नो स्वीकृति विना पदाधिकारी विदेश पठाएको सम्बन्धमा अखिल नेपाल फुटबल संघ (एन्फा)लाई स्पष्टीकरण साेधेको थियो । ३ दिनको समय दिएर १५ चैतमा स्पष्टीकरण सोधे पनि तोकिएको समयावधिपछि पनि एन्फाले स्पष्टीकरण पठाएको छैन । बिदाको दिन बाहेक १८ चैतसम्म राखेपमा जवाफ पुग्नुपर्ने थियो । तर आज (२० चैत) […]

भुवन केसीलाई स्पष्टीकरण

निर्वाचन आयोग चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीलाई स्पष्टीकरण सोधेको छ।  प्रतिनिधिसभाका लागि कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै आयोगले केसीलाई स्पष्टीकरण सोधेको हो।  यस्तै आयोगले उद्योग मन्त्री दिलेन्द्र बडूलगायत...

प्रचण्डसँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण

काठमाडौं : आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग स्पष्टीकरण मागेको छ।गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गर्ने क्रममा पञ्चेबाजासहितको तामझाम गरेको भन्दै आयोगले उनीसँग स्पष्टीकरण मागेको हो।सात दिनभित्र स्पष्टीकरण बुझाउन प्रचण्डलाई आयोगले निर्देशन दिएको छ। आयोगले उम्मेदवारी दर्ताको क्रममा प्रयोग भएको श्रव्यदृश्यको आधारमा दाहालसँग स्पष्टीकरण मागेको हो ।

दाहाललाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई स्पष्टीकरण सोधेको छ । उम्मेदवारी दर्ताका क्रममा निर्वाचन आचारसंहिताविरुद्ध तामझाम र बाजागाजा बजाएको भन्दै आयोगले दाहाललाई स्पष्टीकरण सोधेको हो । गोरखा २ बाट उमेदवारी दर्ता गर्न जाने क्रममा बाजागाजा प्रयोग गरेको विषयमा आयोगले दाहाललाई स्पष्टीकरण सोधेको हो । ‘मनोनयन दर्ता क्रममा बाजागाजा (पञ्चेबाजा)को प्रयोग भएको […]

एक हजार बढीले बुझाए स्पष्टीकरण

काठमाडौँ,९ भदौ । निर्वाचन खर्च विवरण नबुझाएका यहाँका एक हजार तीन सय ६६ उम्मेदवारले जिल्ला निर्वाचन कार्यालयमा स्पष्टीकरण बुझाएका छन् । कानुनले तोकेको ३० दिनको अवधिमा दुई सय ४६ ले मात्र निर्वाचन खर्च विवरण बुझाएकामा स्पष्टीकरण बुझाउने एक साताको अवधिमा एक हजार तीन सय ६६ उम्मेदवारले स्पष्टीकरण बुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अन्तिम […]

एमालेका १४ प्रदेशसभा सदस्यले बुझाए स्पष्टीकरण

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय बोर्डले स्पष्टीकरण सोधेका प्रदेशसभा सदस्यले  स्पष्टीकरण बुझाएका छन् । स्पष्टीकरण सोधिएका सबै प्रदेशसभा सदस्यले एकमुष्ट रुपमा स्पष्टीकरण बुझाएको एमाले वाग्मती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए ।बोर्डले नेत्री अष्टलक्ष्मी शाक्यसहित माधवकुमार नेपाल पक्षका मानिने १४  प्रदेशसभा सदस्यहरुलाई स्पष्टीकरण माग गरेको थियो ।  प्राप्त स्पष्टीकरणको अध्ययन गर्ने र चित्तबुझ्दो नभए पार्टी विधानअनुसार कारवाही गरिने मुख्य सचेतक निरौलाले बत

एमालेका १४ जना सांसदले बुझाए स्पष्टीकरण

काठमाडाैं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय बोर्डले स्पष्टीकरण सोधेका प्रदेशसभा सदस्यले स्पष्टीकरण बुझाएका छन्।स्पष्टीकरण सोधिएका सबै प्रदेशसभा सदस्यले एकमुष्ठ रुपमा स्पष्टीकरण बुझाएका छन्। अष्टलक्ष्मी शाक्यसहित माधवकुमार नेपाल पक्षका १४ प्रदेशसभा सदस्यहरुलाई स्पष्टीकरण माग गरिएको थियो। स्पष्टीकरणको अध्ययन गर्ने र चित्तबुझ्दो नभए पार्टी विधानानुसार कारबाही गरिने बताइएको छ। बोर्डले गत पुष १० गते बागमती प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास

नेपाल समूहका थप तीन सांसदलाई स्पष्टीकरण

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका थप तीन जनालाई स्पष्टीकरण सोधेका छन् । ओलीको निर्देशनमा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले गंगा चौधरी, कलिला खातुन र समीना हुसेनलाई स्पष्टीकरण सोधेका हुन् । तीनै जनालाई सामाजिक सञ्जाल म्यासेञ्जरबाट स्पष्टीकरण सोधिएको छ । यसअघि नेता नेपालसहित २७ जनालाई इमेलमार्फत स्पष्टीकरण सोधिएको […]