प्रचण्डसँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण

काठमाडौं : आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग स्पष्टीकरण मागेको छ।गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गर्ने क्रममा पञ्चेबाजासहितको तामझाम गरेको भन्दै आयोगले उनीसँग स्पष्टीकरण मागेको हो।सात दिनभित्र स्पष्टीकरण बुझाउन प्रचण्डलाई आयोगले निर्देशन दिएको छ। आयोगले उम्मेदवारी दर्ताको क्रममा प्रयोग भएको श्रव्यदृश्यको आधारमा दाहालसँग स्पष्टीकरण मागेको हो ।

सम्बन्धित सामग्री

कांग्रेसलाई २४ घण्टे स्पष्टीकरण सोध्यो निर्वाचन आयोगले

काठमाडौं : निर्वाचन आयोगले उपराष्ट्रपति चुनावको मौन अवधिमा निर्वाचन संहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसलाई बुधबार २४ घण्टे स्पष्टीकरण सोधेको छ।मौन अवधिमा जसपाका उम्मेदवारलाई मत हाल्ने निर्णय गरेको समाचार सञ्चारमाध्यममा आएको आधारमा स्पष्टीकरण सोधिएको निर्वाचन आयोग स्रोतले जनाएको छ। सञ्चारमाध्यममा कांग्रेसले निर्वाचन संहिताप्रतिकूल हुने गरी निर्णय गरेको आएपछि त्यसबारे स्पष्टीकरण सोधिएको स्रोतले बतायो।  स्रोतका अनुसार २४ घण्टाभित्र निर्णयको प्रतिलिपिसहित जवाफ पठ

हाम्रो नेपाली पार्टीका शिवशंकरलाई आयोगले फेरि सोध्यो स्पष्टीकरण

प्रतिनिधि सभाका लागि हाम्रो नेपाली पार्टीका तर्फबाट सिराहा क्षेत्र नम्बर २ का उम्मेदवार शिवशंकर यादवलाई निर्वाचन आयोगले दोस्रो पटक स्पष्टीकरण सोधेको छ । उनले दल नभनेर स्वतन्त्रको हैसियतमा चुनाव प्रचार गरेको पाइएकाले दोस्रो पटक पनि स्पष्टीकरण सोधिएको हो । यसअघिको स्पष्टीकरण पत्रमा उनले स्वतन्त्र भनि प्रचार नगरेको जिकिर गरेपनि सोही क्रम दोहोरिएको आयोगको भनाइ छ ।  ‘तपाईंलाई निर्वाचन आचारसंहिता, २०७९ को उल्लंघनमा निर्वाचन आयोग ऐन, २०७९ को दफा २३ को उपदफा (३) र (४) बमोजिम कारवाही

पूर्वमन्त्री राईलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं – पूर्वमन्त्री एवं जनता समाजवादी पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि बाँके क्षेत्र नम्बर २ का उम्मेदवार मोहम्मद इस्तियाक राईलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ। निर्वाचनको प्रचारप्रसारको क्रममा राईले डुडुवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र चौधरी (पप्पु) विरुद्ध अपमानजनक अभिव्यक्ति दिएको उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो। स्पष्टीकरण पत्रमा आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोग वा […]

गगन थापा र भगवती चौधरीसँग निर्वाचन आयोगले माग्याे स्पष्टीकरण

काठमाडौँ- निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौँ क्षेत्र नं ४ का  प्रतिनिधिसभाका उम्मेदवार गगन थापालाई स्पष्टीकरण सोधेको छ। थापालाई ‘निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा लिएर तपाईंहरूको टोलमा आउँदैछौँ’ भनी सामाजिक सञ्जालमा सूचना राखेको विषयमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा(३) र (४) बमोजिमको कारबाही किन हुनु नपर्ने हो ? भनी […]

खर्च विवरण नबुझाउनेलाई निर्वाचन आयोगले सोध्यो ७ दिने स्पष्टीकरण

आयोगले तोकिएको समयभित्र खर्च विवरण नबुझाएकोमा तपाईंलाई निर्वाचन आयोग ऐन २०७३ को दफा २६ बमोजिम किन कारबाही हुनु नपर्ने हो? सो सम्बन्धमा निर्वाचन आयोग ऐन २०७३ को दफा २६ को उपदफा ४ बमोजिम भदौ १ गतेका मितिले ७ दिनभित्र आफ्नो सफाईसहितको स्पष्टीकरण सम्बन्धित नि...

पोखराका नवनिर्वाचित मेयर आचार्यलाई आयोगले सोध्यो स्पष्टीकरण

कास्की- पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । आचार्यले निर्वाचन आयोग र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई लिएर दिएको अभिव्यक्तिलाई लिएर आयोगले स्पष्टीकरण सोधेको हो । आचार्यले केही दिनअघि निर्वाचन आयोगको बदनियतका कारण स्थानीय तह निर्वाचनमा ठुलो संख्यामा मत बदर भएको र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया संवैधानिक निकायको मर्यादामा […]

पोखरा महानगरका नवनिर्वाचित प्रमुख आचार्यलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आयोग र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको बदनियतका कारण चिह्न व्यवस्थापन गर्दा मत बदर भएको भनी सार्वजनिक अभिव्यक्ति दिएपछि आयोगले आचार्यलाई स्पष्टीकरण सोधेको हो । आचार्यले केही दिनअघि निर्वाचन आयोगको बदनियतका कारण स्थानीय तह निर्वाचनमा ठुलो सङ्ख्यामा मत बदर भएको […]

पोखराका मेयरलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

१४ जेठ, काठमाडौं । निर्वाचन आयोगले पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आयोग र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको बदनियतका कारण चिह्न व्यवस्थापन गर्दा मत बदर भएको भनी सार्वजनिक अभिव्यक्ति दिएपछि आयोगले आचार्यलाई स्पष्टीकरण सोधेको हो । आचार्यले केही दिनअघि निर्वाचन आयोगको बदनियतका कारण स्थानीय तह निर्वाचनमा ठूलो संख्यामा मत […]

निर्वाचन आयोगले बाबुराम भट्टराईलाई सोध्यो : किन १५ हजार जरिवाना नगर्ने?

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी जसपाका अध्यक्ष डा. बाबुराम भट्टराईलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। निर्वाचन आयोग स्रोतका अनुसार भट्टराईलाई आजै स्पष्टीकरणको पत्र पठाइसकिएको छ। गोरखामा मतदानका क्रममा भट्टराईले आफूले मतदान गर्दा गोप्यता कायम नगरेको भन्दै स्पष्टीरण सोधिएको हो। 'उहालाई किन गोप्यता कायम नगरेको भनेर सोधिएको छ।…

आचारसंहिताविपरीत गतिविधि गर्नेलाई निर्वाचन आयोगले कारबाही गर्न थाल्यो

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका क्रममा आचारसंहिता उल्लङ्घन गर्ने विभिन्न दललाई कारबाही गर्न थालेको छ । आयोगले विभिन्न उजुरी र जानकारीका आधारमा आचारसंहिता प्रतिकुल कार्यमाथि स्थलगत अनुगमन गर्ने, दलहरूलाई स्पष्टीकरण सोध्ने, सचेत गराउनेलगायत कारबाही गरेको हो । आचारसंहिता उल्लङ्घनका कार्य उक्त कार्य निर्वाचन आयोग ऐन, २०७३ को दफा २३, निर्वाचन (कसुर तथा सजाय) ऐन, […]