स्पष्टीकरण भर्सेस स्पष्टीकरण : उपेन्द्र यादवलाई सात बुँदे, महन्थ ठाकुरलाई नौ बुँदे

जनता समाजवादी पार्टी (जसपा) नेपालमा एक पक्षले अर्को पक्षलाई स्पष्टीकरण सोध्ने क्रम सुरु भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरलाई नौ बुँदे, वरिष्ठ नेता राजेन्द्र महतोलाई ६ बुँदे, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई ५–५ बुँदे स्पष्टीकरण सोधेका छन् । उनीहरुको व्यक्तिगत मेल तथा ह्वाट्स एपमा सो स्पष्टीकरण पत्र पठाइएको जसपा नेपालका कार्यकारिणी सदस्य प्रकाश अधिकारीले बताए । यादवले स्पष्टीकरण मागेपछि अध्यक्ष ठाकुरले पनि जवाफमा यादवलाई