काठमाडौंको चन्द्रागिरी नगरपालिका वाड नं –१ स्थित दहचोकमा तीन सय ३४ बेडको कोभिड अस्पताल सञ्चालनमा आउने भएको छ । स्वयम्भूस्थित मनमोहन मेमोरियल शिक्षण अस्पतालको चन्द्रागिरि १ दहचोकमा नव निर्मित मनमोहन मेमोरियल मेडिकल एण्ड टिचिङ हस्पिटलको भवनलाई सरकारले कोरोना विशेष अस्पतालमा रूपान्तरण गर्ने गृहकार्य समेत थालेको हो ।मंगलबार स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले अस्पतालमा भवनको निरीक्षण गर्दै कोभिड अस्पतालका लागि आवश्यक स्वास्थ्य सामग्री उपलव्ध गराउने प्रतिबद्धता