गाउँमै कोभिड अस्पताल सञ्चालन भएपछि स्थानीय खुसी

सोलुखुम्बु : गाउँमै कोभिड–१९ अस्पताल सञ्चालनमा आएपछि थुलुङदुधकोशी गाउँपालिकाका सर्वसाधरण हर्षित भएका छन्। गाउँपालिकाको केन्द्र मुक्लीमा अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएको हो।कोरोना संक्रमितलाई अक्सिजनसहित उपचार गर्ने व्यवस्था भएपछि अन्य अस्पताल पुग्नुपर्ने बाध्यताको अन्त्य भएको थुलुङदुधकोशी–४ जुबुकी मनमाया खत्रीले बताइन्। ४५ वर्षीया खत्रीलाई समेत स्वासप्रश्वासमा समस्या देखिएपछि बिहीबार सोही अस्पतालमा भर्ना गरिएको थियो।नर्सिङ तेस्रो वर्षमा अध्ययनरत मनमायाकी छोरी रेजिनाले उपचारका लाग