बेलौरीमा अस्थायी कोभिड अस्पताल सञ्चालन

बेलौरी नगरपालिकाले ५० श्ययाको कोभिड-१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ ।

सम्बन्धित सामग्री

जामुमा नगर कोभिड अस्पताल सञ्चालन

सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको जामुमा नगर कोभिड अस्पताल सञ्चालनमा आएको छ । कर्णाली प्रदेश सरकारको ४० लाख रुपैयाँको आर्थिक सहयोगमा निर्मित १५ शय्याको अस्पताल  मंगलवारदेखि सञ्चालनमा आएको हो । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाले एक औपचारिक कार्यक्रमका बीच पञ्चपुरी–१० जामुमा कोभिड अस्पतालको उद्घाटन गरेका हुन् । अस्पताल सञ्चालनले कर्णाली प्रदेश प्रवेशका लागि पश्चिम सुर्खेततर्फको मुख्य नाका कुइनेबाट आउने नागरिकको चेकजाँचसँगै कोरोना संक्रमितको उपचारमा समेत सहज हुने विश्वास उनले व्यक्त गरे । ‘पश्चिम सुर्खेतलगगायत अछाम, पश्चिम दैलेख, कालिकोट, र बाजुराका नागरिकको पैदल मार्गका रूपमा रहेको मुख्य नाका कुइनेमा कोरोना विशेष अस्पताल सञ्चालनमा आएसँगै अब उपचार तथा परामर्शका लागि मद्दत पुग्नेछ,’ उनले भने, ‘अस्पतालमा विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य सेवा सञ्चालनमा आएसँगै चेकजाँचसँगै उपचारका लागि तत्काल बाहिर जानुपर्ने बाध्यता हट्नेछ ।’ यसअघि पञ्चपुरीकै सालकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट समेत महीनाको दुई दिन विशेषज्ञ डाक्टरसहितको घुम्ती स्वास्थ्य सेवा शुरू गरिसकिएको जानकारी उनले दिए । पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाले जामुमा कोभिड अस्पताल सञ्चालनमा आए पनि अस्पतालको कम्पाउण्ड घेराबार तथा स्तरोन्नतिका लागि प्रदेश सरकारले थप ध्यान दिनुपर्ने बताए । यस्तै पश्चिम सुर्खेतका तीनमध्ये कुनै एक स्थानीय तहमा प्रदेश सरकारले सरुवा रोग अस्पताल निर्माण गरिदिनुपर्ने माग उनले राखे । ‘भौतिक पूर्वाधार विकासको अभावले पिछडिएको पश्चिम सुर्खेतमा भरपर्दो कुनै अस्पताल छैन,’ उनले भने, ‘जनशक्तिदेखि भौतिक पूर्वाधार अभावले स्वास्थ्य क्षेत्रको अवस्था नाजुक रहेकाले प्रदेश सरकारले पञ्चपुरी नगरपालिका वा चौकुने गाउँपालिकामा एउटा भरपर्दो सरुवा रोग अस्पताल निर्माण गरिदिनुपर्छ ।’ नगरपालिका र प्रदेश सरकारको समन्वयमा करीब २८ लाख रुपैयाँको कोभिड कोषबाट कुइनेमा यात्रुका लागि वेटिङ सेन्टर (प्रतीक्षालय) र नार्सीमा होल्डिङ सेन्टर सञ्चालनमा समेत ल्याइएको जानकारी उनले दिए । नवनिर्मित नगर कोभिड अस्पतालमै प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डा. नवराज केसीलगायतको पहलमा टेलिमेडिसिन सेवा समेत सञ्चालनमा ल्याइने भएको छ । स्वास्थ्य जनशक्ति तथा पूर्वाधारको समस्या रहेको पश्चिम सुर्खेतमा इन्टरनेट र टेलिफोनको माध्यमबाट चिकित्सकीय सेवाबाट नागरिकलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।

गोरखामा अस्थायी कोभिड अस्पताल सञ्चालनको तयारी

गोरखा। सुलिकोट गाउँपालिकाको बारपाकमा नौ श्यया क्षमतासहितको अस्थायी कोभिड अस्पताल सञ्चालन गरिने भएको छ। गाउँपालिकाले कोभिडका बिरामीको आपत्कालीन उपचारका लागि बारपाकमा अस्थायी कोभिड अस्पताल सञ्चालन गर्न लागेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए। “सङ्क्रमितलाई आपत्कालीन उपचार गरिहाल्नुपर्ने अवस्था आए अन्यन्त्र सुविधा सम्पन्न अस्पतालमा पुर्‍याउनुअघि आवश्यक उपचारको व्यवस्था मिलाउन अस्थायी अस्पताल सञ्चालन गर्न लागिएको हो”, उनले भने। रासस

गोरखामा अस्थायी कोभिड अस्पताल सञ्चालनको तयारी

गोरखा। सुलिकोट गाउँपालिकाको बारपाकमा नौ श्यया क्षमतासहितको अस्थायी कोभिड अस्पताल सञ्चालन गरिने भएको छ। गाउँपालिकाले कोभिडका बिरामीको आपत्कालीन उपचारका लागि बारपाकमा अस्थायी कोभिड अस्पताल सञ्चालन गर्न लागेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए। “सङ्क्रमितलाई आपत्कालीन उपचार गरिहाल्नुपर्ने अवस्था आए अन्यन्त्र सुविधा सम्पन्न अस्पतालमा पुर्‍याउनुअघि आवश्यक उपचारको व्यवस्था मिलाउन अस्थायी अस्पताल सञ्चालन गर्न लागिएको हो”, उनले भने। रासस

गोलबजार नगरपालिकाद्वारा २५ बेडको कोभिड अस्पताल सञ्चालन

सिरहाको गोलबजार नगरपालिकाले निर्माण गरेको २५ बेडको अस्थायी कोभिड अस्पताल आजबाट सुचारु भएको छ । नगरपालिकाको एक करोड ३५ लाख लगानीमा निर्मित गोलबजार अस्पताललाई ‘अस्थायी कोभिड’ अस्पतालको रुपमा सञ्चालनमा ल्याएको हो ।नगरपालिका प्रमुख देवनाथ साहले अस्पताल सञ्चालन भएपछि स्थानीय जनताले राहत पाउने आशा व्यक्त गरे । उनले अस्पताललाई आवश्यकता अनुसार सुविधासम्पन्न बनाउँदै लैजाने प्रतिबद्धता पनि जनाए ।सोही क्रममा अस्पताल निर्माणका लागि निःशुल्क जग्गा दान गर्ने स्थानीय समाजसेवी तथा पूर्व प्रमुख जिल्ल

जुम्लाका सबै पालिकामा अक्सिजन सहितका कोभिड अस्पताल

चन्दननाथ नगरपालिकामा भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भएकोले छुट्टै कोभिड अस्पताल सञ्चालन गरिएको छैन।

विकट गाउँमा कोभिड अस्पताल सञ्चालन भएपछि स्थानीय हर्षित

गाउँमै कोभिड अस्पताल सञ्चालन भएपछि सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिकाका स्थानीयवासी हर्षित भएका छन् ।  गाउँपालिका केन्द्र मुक्लीमा अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएपछि स्थानीय हर्षित भएका हुन् । कोरोना संक्रमितलाई अक्सिजनसहित उपचार गर्ने व्यवस्था भएपछि अन्य अस्पताल पुग्नुपर्ने बाध्यताको अन्त्य भएको थुलुङदुधकोशी–४ जुबुकी मनमाया खत्रीले बताइन् । ४५ वर्षीया खत्री समेतलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बिहीवार अस्पतालमा भर्न गरेपछि स्वस्थ बनेको खत्रीको भनाइ छ ।  नर्सिङ तेस्रो वर्षमा अध्ययनरत मनमायाकी छोरी रेजिन...

सुनकोशी र लिसंखुपाखर गाउँपालिकाले गरे कोभिड अस्पताल सञ्चालन

सिन्धुपाल्चोक । कोरोना संक्रमितहरु बढ्दै गएपछि सिन्धुपाल्चोकमा निजी क्षेत्रबाट सञ्चालित पहिलो सिन्धु सदावहार अस्पताललाई कोरोना संक्रमितहरुको उपचारका लागि प्रयोग गरिने भएको छ । सुनकोशी गाउँपालिका र लिसंखुपाखर गाउँपालिका भित्रका कोरोना संक्रमित बिरामीहरुका लागि अब सिन्धु सदावहार अस्पतालमा नै उपचार गर्ने गरी अस्पतालसँग दुइ गाउँपालिकाले सम्झौता गरेका छन् । संक्रमितहरुको उपचारको लागि धुलिखेल लगायतका अस्पतालमा बेड […] The post सुनकोशी र लिसंखुपाखर गाउँपालिकाले गरे कोभिड अस्पताल सञ्चालन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

वीरेन्द्रनगरमा २५ शय्याको कोभिड अस्पताल सञ्चालन

सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाले २५ शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ। कटकुवा स्वास्थ्य चौकीमा निर्माण गरिएको अस्पतालको शुक्रबार नगर प्रमुख देवकुमार सुवेदी उदुघाटन गरेका हुन्। कोरोनाको भाइरसको नयाँ भेरियन्ट तीव्ररुपमा फैलिरहेको बेला संक्रमितको सहज उपचारका लागि कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हो। अस्पतालको २५ शय्यामध्ये १० अक्सिजनसहितको रहेको नगरपालिकाकी उपप्रमुख महोनमाया ढकालले जानकारी दिइन्। अस्पताललाई ५० शय्याको बनाउने लक्ष्य रहेको उनले बताइन्।त्यस्तै, सिम्ता गाउँपालिकाले ५० शय

मध्यनेपालमा अक्सिजनसहित अस्थायी कोभिड अस्पताल सञ्चालन

जिल्लामा हाल सक्रिय संक्रमतिको संख्या ६० पुग्याे मध्यनेपाल नगरपालिकाले अक्सिजनसहित ५ बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमित विरामीको उपचारका लागि नगरपालिकाले मध्यनेपाल १, जिताबेंसी निबुवाटारीमा अस्थायी कोभिड अस्पताल सञ्चालनमा...

बेलौरीमा अस्थायी कोभिड अस्पताल सञ्चालन

कञ्चनपुर, २० वैशाख: बेलौरी नगरपालिकाले ५० श्ययाको कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । अस्पतालमा आवश्यक स्वास्थ्य सामग्रीसहित चौबिसै घण्टा कोरोना सङ्क्रमितलाई सेवा दिने व्यवस्था मिलाइएको छ । “अक्सिजन, भिटिएम किटलगायतको व्यवस्था गर्नका लागि प्रक्रिया अगाडि बढाएका छौँ”, नगरप्रमुख पोतिलाल चौधरीले भने, “कोरोना सङ्क्रमितको उपचारका लागि भरपर्दो सेवा दिइने छ । त्यसका लागि चौबिसै घण्टा […]