सिरहाको गोलबजार नगरपालिकाले निर्माण गरेको २५ बेडको अस्थायी कोभिड अस्पताल आजबाट सुचारु भएको छ । नगरपालिकाको एक करोड ३५ लाख लगानीमा निर्मित गोलबजार अस्पताललाई ‘अस्थायी कोभिड’ अस्पतालको रुपमा सञ्चालनमा ल्याएको हो ।नगरपालिका प्रमुख देवनाथ साहले अस्पताल सञ्चालन भएपछि स्थानीय जनताले राहत पाउने आशा व्यक्त गरे । उनले अस्पताललाई आवश्यकता अनुसार सुविधासम्पन्न बनाउँदै लैजाने प्रतिबद्धता पनि जनाए ।सोही क्रममा अस्पताल निर्माणका लागि निःशुल्क जग्गा दान गर्ने स्थानीय समाजसेवी तथा पूर्व प्रमुख जिल्ल