गाउँमै कोभिड अस्पताल सञ्चालन भएपछि सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिकाका स्थानीयवासी हर्षित भएका छन् ।
गाउँपालिका केन्द्र मुक्लीमा अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएपछि स्थानीय हर्षित भएका हुन् ।
कोरोना संक्रमितलाई अक्सिजनसहित उपचार गर्ने व्यवस्था भएपछि अन्य अस्पताल पुग्नुपर्ने बाध्यताको अन्त्य भएको थुलुङदुधकोशी–४ जुबुकी मनमाया खत्रीले बताइन् । ४५ वर्षीया खत्री समेतलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बिहीवार अस्पतालमा भर्न गरेपछि स्वस्थ बनेको खत्रीको भनाइ छ ।
नर्सिङ तेस्रो वर्षमा अध्ययनरत मनमायाकी छोरी रेजिन...