सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाले २५ शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ। कटकुवा स्वास्थ्य चौकीमा निर्माण गरिएको अस्पतालको शुक्रबार नगर प्रमुख देवकुमार सुवेदी उदुघाटन गरेका हुन्। कोरोनाको भाइरसको नयाँ भेरियन्ट तीव्ररुपमा फैलिरहेको बेला संक्रमितको सहज उपचारका लागि कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हो। अस्पतालको २५ शय्यामध्ये १० अक्सिजनसहितको रहेको नगरपालिकाकी उपप्रमुख महोनमाया ढकालले जानकारी दिइन्। अस्पताललाई ५० शय्याको बनाउने लक्ष्य रहेको उनले बताइन्।त्यस्तै, सिम्ता गाउँपालिकाले ५० शय