काठमाण्डाै – सरकारले संयुक्त राज्य अमेरिकाकाे अन्तर्राष्ट्रिय विकासका लागि सहयाेग निकाय (यूएसआईडी) ले दिने ६ सय ५९ मिलियन डलर अर्थात् ७९ अर्ब ७१ कराेड रुपैयाँ अनुदान सहायता रकम स्वीकार गरेकाे छ । गएकाे चैत ३० गते बुधवार बसेकाे मन्त्रिपरिषद् बैठककाे निर्णय आज शुक्रवार सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले याे जानकारी दिनुभएकाे हाे ।
मन्त्रिपरिषद्को बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने एक सय ५० मिलियन अमेरिकी डलर अर्थात् १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण सहायता ...