काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले ३ करोड ४३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । यस वर्ष कम्पनीको खुद नाफा गत वर्षको तुलनामा २८ दशमलव २१ प्रतिशत बढी भएको हो ।
गत वर्ष यस अवधिसम्म कम्पनीले २ करोड ६८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको आम्दानी घटेको भए पनि वित्तीय खर्च कम हुँदा नाफा बढेको हो ।
गत वर्ष ७ करोड ५१ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष ७ करोड ४१ लाख रुपैयाँभन्दा बढी मात्र आम्दानी गरेको हो । खर्च रकम यस वर्ष १३८ प्रतिशत बढेको छ ।
गत वर्ष १३ लाख ५२ हजार रुपैयाँ खर्च गरेको कम्पनीले यस वर्ष ३२ लाख १८ हजार रुपैयाँ खर्च गरेको हो । वित्तीय खर्च यस वर्ष ३१ दशमलव ३६ प्रतिशत कम भएको छ । गत वर्ष २ करोड ८० लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष १ करोड ९२ लाख रुपैयाँभन्दा बढी मात्र खर्च गरेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी ८० करोड २५ लाख रुपैयाँ छ । जगेडा कोष रकम भने १६ करोड ६७ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । दीर्घकालीन कर्जा गत वर्षको तुलनामा ३५ प्रतिशत कम ६० करोड २३ लाख रुपैयाँ छ भने अल्पकालिन कर्जा गत वर्षभन्दा ६३ दशमलव २३ प्रतिशत कम १ करोड ८६ लाख रुपैयाँ छ ।
प्रतिशेयर आम्दानी ४ रुपैयाँ २८ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ७९ रुपैयाँ २२ पैसा छ ।