१९.५% लाभांश र ५०% हकप्रद शेयरको प्रस्ताव गर्दै नेशनल हाइड्रोपावरले आह्वान गर्‍यो साधारण सभा

फागुन २, काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले शेयरधनीहरुलाई पहिलो पटक १९ दशमलव ५ प्रतिशत लाभांश दिने भएको छ ।  कम्पनीले सोमवार वार्षिक साधारण सभाको सूचना जारी गर्दै उक्त लाभांश प्रस्ताव सार्वजनिक गरेको हो । कम्पनीको फागुन १ गतेको सञ्चालन समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ३८ करोड ५१ लाख ८६ हजारको आधारमा १८ दशमलव ५३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  कम्पनीले हालसम्म शेयरधनीहरुलाई लाभांश वितरण गरेको थिएन । यस वर्ष कम्पनीले बोनस वितरणपछि कायम चुक्तापूँजीको आधारमा हकप्रद शेयर समेत निष्कासन गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले फागुन ३० गते २५औं वार्षिक साधारण सभा बोलाएको छ । सभा बिहान ११ बजे भर्चुअल माध्यमबाट आयोजना हुनेछ ।  सभाले लाभांश र हकप्रद शेयर निष्कासनको प्रस्ताव सहित गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै सुनकोशी हाइड्रोपावर कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।  कम्पनीले सुनकोशी हाइड्रोपावर कम्पनीलाई १ बराबर शून्य दशमलव २५ को अनुपातमा शेयर आदानप्रदान गर्ने गरी प्राप्ति गर्न लागेको हो । सभाले चालू आवको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणसँगै सात जना सञ्चालकहरुको निर्वाचन समेत गर्ने कार्यक्रम रहेको छ । साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले फागुन १३ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन १२ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार गत वर्ष रू. ३२ करोड ४७ लाखभन्दा बढी ऋणात्मक रहेको जगेडा कोष रकम यस वर्ष सुधारिएर रू. २६ करोड ८ लाख कायम भएको छ । यस वर्ष कम्पनीले रू. ८५ लाख ४९ हजार खुद नाफा गरेको छ ।  कम्पनीको खुद नाफा यस वर्ष ३९ दशमलव १८ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १ करोड ४० लाखभन्दा बढी खुद नाफा गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३८ करोडभन्दा बढी छ । 

सम्बन्धित सामग्री

नारायणी डेभलपमेन्ट बैंकले वैशाख १८ गते बोलायो साधारण सभा ,छैन लाभांश प्रस्ताव

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले बैशाख १८ गते २२औं वार्षिक साधारण सभा बोलाएको छ । होटल स्टार चितवन, टाँडीमा विहान ११ः३० बजे सभा गर्ने निर्णय कम्पनीले गरेको हो । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गनुृका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । कम्पनीले यस वर्ष पनि लाभांश वितरण नगर्ने भएको छ । सञ्चालक मनोनयन र निर्वाचनको कार्यक्रम पनि सभाका लागि तय भएको छ । कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधनेको विषय पनि सभाका लागि प्रस्ताव गरिएको छ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।   सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस

नारायणी डेभलपमेन्ट बैंकले वैशाख १८ गते बोलायो साधारण सभा ,छैन लाभांश प्रस्ताव

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले बैशाख १८ गते २२औं वार्षिक साधारण सभा बोलाएको छ । होटल स्टार चितवन, टाँडीमा विहान ११ः३० बजे सभा गर्ने निर्णय कम्पनीले गरेको हो । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गनुृका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । कम्पनीले यस वर्ष पनि लाभांश वितरण नगर्ने भएको छ । सञ्चालक मनोनयन र निर्वाचनको कार्यक्रम पनि सभाका लागि तय भएको छ । कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधनेको विषय पनि सभाका लागि प्रस्ताव गरिएको छ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।   सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस

नबिल बैंकको ३८ औँ साधारण सभा सम्पन्न, ३० प्रतिशत लाभांश पारित

नबिल बैंकको ३८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले ३० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्दै आफ्नो वार्षिक साधारण सभा पारित गरेको हो । लाभांश पारित भएसँगै कम्पनीले गत आर्थिक वर्ष

एनआईसी एशिया क्यापिटलको साधारण सभा भाद्र ८ गते, ५५ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं, १७ साउन । एनआईसी एशिया क्यापिटलको छैठौं वार्षिक साधारण सभा भाद्र ८ गते हुने भएको छ । क्यापिटलको साउन १५ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । कम्पनीले ५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन […]

प्रिमियर इन्सुरेन्सको साधारण सभा शुक्रबार, लाभांश पारित गर्ने

काठमाडौं, १९ माघ । प्रिमियर इन्सुरेन्स कम्पनीले शुक्रबार माघ २१ गते २८ औं वार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभा कम्पनीको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ । आर्थिक वर्ष २०७७–७८ को […]

इन्भेष्टमेण्ट बैंकको साधारण सभा सम्पन्न

काठमाडौं, १७ मंसिर । नेपाल इन्भेष्टमेण्ट बैंकको साधारण सभा आज सम्पन्न भएको छ । बैंकको ३५औं वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट भएको हो । बैंकको सञ्चालक समितिको बैठकले १६ प्रतिशत कुल लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । १२ दशमलव ६११ प्रतिशत लाभांश (बोनस सेयर) र बैंकको कुल चुक्ता पुँजीको ३.३८९ प्रतिशत नगद लाभांश […]

एनआईसी एशिया लघुवित्तको साधारण सभा आज, कति प्रतिशत लाभांश प्रस्ताव ?

काठमाडौं, ५ मंसिर । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज हुँदैछ । संस्थाको सभा धरान ब्याक्वेट एण्ड इभेन्ट म्यानजमेण्ट प्राली धरानमा हुने भएको हो । कम्पनीको आज बस्ने सभाले कम्पनीले प्रस्ताव गरेको गत आर्थिक वर्षको मुनाफा वितरण गर्ने ५ दशमलव ४१ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्ने जनाइएको छ । सभाले संस्थापक समूहबाट […]

२१ प्रतिशत लाभांश पारित गर्दै डिप्रोक्स लघुवित्तको साधारण सभा सम्पन्न

काठमाडौं, २४ असोज । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको शनिबार २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा चितवनमा आज सम्पन्न भएको हो । सभाले २१ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमा २० प्रतिशत बोनश शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि […]