दिव्यश्वरी हाइड्रोपावर २९ लाखभन्दा बढी नाफामा

कात्तिक २६, काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले नोक्सानी सुधार गर्दै खुद नाफा आर्जन गरेको छ । कम्पनीले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार यस वर्ष रू. २९ लाख ३७ हजार खुद नाफा गर्न कम्पनी सफल भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनी रू. ५१ लाख ४१ हजार खुद नोक्सानीमा रहेको थियो ।  यस वर्ष कम्पनीले २१ दशमलव ७९ प्रतिशत बढी अर्थात् रू.२ करोड ९७ लाख १ हजार विद्युत् विक्रीबाट आम्दानी गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. २६ करोड ४० लाख छ भने जगेडा कोष रकम रू. २० करोड २४ लाखभन्दा बढी ऋणात्मक छ ।  अल्पकालिन कर्जा रू. ५ करोड ४४ लाख ६५ हजार रहेको कम्पनीको दिर्घकालिन कर्जा रू. ६० करोड ४३ लाख ३२ हजार रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी पहिलो त्रैमाससम्म रू. १ दशमलव ११ र प्रतिशेयर नेटवर्थ रू. २३ दशमलव ३२ छ ।   यो पनि हेर्नुस् : चौथो त्रैमाससम्म दिव्यश्वरी हाइड्रोपावर ३ करोडभन्दा बढी नोक्सानीमा दिव्यश्वरी हाइड्रोपावर १ करोड ८० लाखभन्दा बढी नोक्सानीमा दिव्यश्वरी हाइड्रोपावरले ८ करोडको विद्युत विक्री गर्‍यो  

सम्बन्धित सामग्री

मकर जितुमाया सुरी हाइड्रोपावरको नाफामा उल्लेख्य वृद्धि

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा उल्लेख्य वृद्धि भएको छ ।  गत आवमा कम्पनीले रू. १० लाख ५८ हजार नाफा कमाएकोमा चालू आवमा बढेर रू. २ करोड ३७ लाख पुगेको छ । चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानीसँगै अन्य आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । विद्युत विक्री आम्दानी गत आवको तुलनामा चालू आवमा ६० प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले विद्युत विक्रीबापत रू. ४ करोड २३ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ६ करोड ७७ लाख पुगेको छ ।  कम्पनीको चुक्ता पूँजी रू. ७६ करोड छ । जगेडा कोष भने रू. २ करोडभन्दा बढी ऋणात्मक छ । त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ १२ पैसा, मूल्य आम्दानी अनुपात ७६ दशमलव ३९ गुणा र प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ २३ पैसा छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

यस वर्ष बरुण हाइड्रोपावर २ करोडभन्दा बढी नोक्सानीमा

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेड चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म २ करोड ९ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले ९९ लाख ६४ हजार रुपैयाँभन्दा बढी खुद नाफामा थियो । असार २ गतेको बाढीका कारण पूर्ण रूपमा क्षति पुगेका कारण यो त्रैमासमा कम्पनीले विद्युत विक्री गर्न सकेको छैन । विद्युत विक्री आम्दानी नभएका कारण कम्पनी नोक्सानीमा गएको हो । गत वर्षको पहिलो त्रैमाससम्म कम्पनीले विद्युत विक्रीबाट ३ करोड २४ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको थियो । यस वर्ष कम्पनीको वित्तीय खर्च पनि बढेको छ । गत वर्ष ४० लाख ३४ हजार रुपैयाँ वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष ५० लाख ८० हजार रुपैयाँ वित्तीय खर्च गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ छ । रिटेन्ड अर्निङ ४८ लाख ९२ हजार रुपैयाँभन्दा बढी ऋणात्मक छ भने शेयर प्रिमियममा ४ करोड ३७ लाख रुपैयाँभन्दा बढी छ । वार्षिक प्रतिशेयर १५ रुपैयाँ ६६ पैसा नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ २५ पैसा छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

नोक्सानी सुधार्दै बुद्धभुमि नेपाल हाइड्रोपावर १ करोडभन्दा बढी नाफामा

काठमाडौं । गत आर्थिक वर्ष (आव) को चौथो त्रैमाससम्म बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले १ करोड ११ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत आवमा यस अवधिसम्म १ करोड ४६ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले गत आवमा भने नोक्सानी सुधार्दै खुद नाफा गर्न सफल भएको हो । गत आवमा कम्पनीको विद्युत विक्री आम्दानी बढेकाले खुद नाफा गर्न सफल भएको हो । अघिल्लो आवमा १ करोड ३६ लाख रुपैयाँभन्दा बढीको विद्युत विक्री गरेको कम्पनीले गत आवमा १६ करोड ४४ लाख रुपैयाँभन्दा बढीको विद्युत विक्री गरेको हो । अघिल्लो आवमा वित्तीय खर्च नगरेको कम्पनीले गत आवमा भने ८ करोड २ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ छ भने रिटेन्ड अर्निङ ४ करोड ९२ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । दीर्घकालीन कर्जा ९५ करोड ६३ लाख ५९ हजार रुपैयाँ रहेको कम्पनीको अल्कालीन कर्जा २ करोड २१ लाख रुपैयाँभन्दा बढी छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ७८ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ९१ रुपैयाँ २ पैसा छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

मोलुङ्ग हाइड्रोपावर १ करोड १४ लाखभन्दा बढी नोक्सानीमा

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ करोड १४ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । अघिल्लो वर्ष सो अवधिसम्म ५५ लाख ४६ हजार खुद नाफा गरेको कम्पनी यस वर्ष भने खुद नोक्सानीमा गएको हो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको आम्दानी घटेकाले खुद नाफामा असर गरेको हो । अघिल्लो वर्ष ३ करोड ७२ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले गत वर्ष ३ करोड १४ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको हो । कम्पनीको सञ्चालन नाफा अघिल्लो वर्ष १ करोड ४१ लाख रुपैयाँभन्दा बढी रहेकोमा गत वर्ष ८९ लाख रुपैयाँभन्दा बढी मात्र भएको हो । हाल कम्पनीको चुक्ता पूँजी ८० करोड २५ लाख रुपैयाँभन्दा बढी छ भने रिटेन्ड अर्निङ १९ करोड ४१ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । दीर्घकालीन कर्जा ६० करोड २५ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालीन कर्जा भने ३ करोड ४३ लाख रुपैयाँभन्दा बढी छ । १ रुपैयाँ ४२ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ७५ रुपैयाँ ८० पैसा छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

तेस्रो त्रैमाससम्ममा अपर तामाकोशी हाइड्रोपावर रू. १ अर्ब ६५ करोड नोक्सानीमा

जेठ २, काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा बढेको छ । गत आवमा रू. ३ करोड ५० लाख नोक्सानीमा रहेको उक्त कम्पनीको नोक्सानी चालू आवमा बढेर रू.१ अर्ब ६५ करोड पुगेको हो । चालू आवको तेस्रो त्रैमाससम्ममा भने कम्पनीले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् विक्री गरेर रू. ५ अर्ब १६ करोड आम्दानी गरेको गरेको वित्तीय विवरणमा उल्लेख छ । यस विषयमा कम्पनी र विद्युत् प्राधिकरण बीच आय गणनामा भएको भिन्नता र आयोजनाले प्राधिकरणलाई आपूर्ति गर्नुपर्ने डिसप्याच नभएको एवं विद्युत् खरीद सम्झौता अनुसार उत्पादन नभएकोले त्यसको असर नाफामा परेको वित्तीय विवरणमा उल्लेख छछ ।  यस्तै, कम्पनीले विद्युत् विक्री आयबाट रू.८३ करोड घटाइएकोले फागुन मसान्तसम्मको आय वापत रू. २ अर्ब ७६ करोड प्राप्त भएको भएको बताएको छ । कम्पनीको चुक्तापूँजी रू. १० अर्ब ५९ करोड रहेको छ  । कम्पनीले जगेडा भने रू. २ अर्ब ७१ करोड ऋणात्मक रहेको छ । कम्पनीले गत भदौ २५ गतेबाट दोलखा जिल्लामा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण सम्पन्न गरी राष्ट्रिय विद्युत् प्रणालीमा जोडेर विद्युत् उत्पादन गरिरहेको छ ।

यस वर्ष पञ्चकन्यामाई हाइड्रोपावर ७ करोड ६६ लाखभन्दा बढी नाफामा

माघ २७, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडले रू. ७ करोड ६६ लाखभन्दा बढी खुद नाफा गरेको छ ।  गतवर्ष यस अवधिसम्म रू. २ करोड ८२ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष भने खुद नाफा गर्न सफल भएको हो ।  यस वर्ष कम्पनीको विद्युत् विक्री आम्दानी ४३ दशमलव ५२ प्रतिशत वृद्धि भएको र कुल व्यवस्थापकिय तथा अन्य खर्च कम भएकाले खुद नोक्सानीमा सुधार आएको हो । गत वर्ष रू. १७ करोड ३ लाखभन्दा बढी विद्युत् विक्री गरेको कम्पनीले यस वर्ष रू. २४ करोड ४४ लाखभन्दा बढी विक्री गरेको छ ।  कम्पनीले गत वर्ष यस अवधिमा व्यवस्थापकिय तथा अन्य शीर्षकमा रू. १८ करोड ७० लाखभन्दा बढी खर्च गरेकोमा यस वर्ष रू. १५ करोड ५५ लाखभन्दा बढी मात्र यो खर्च गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १० करोड रहेको छ भने जगेडा कोष रकम रू. १२ करोड १५ लाख ऋणात्मक छ ।  कम्पनीको कुल दायित्व रकम गत वर्षभन्दा २ दशमलव २६ प्रतिशत बढी रू. ३ अर्ब १५ करोड १९ लाख छ । कम्पनीको प्रतिशेयर आम्दानी दोस्रो त्रैमाससम्म रू. ६ दशमलव ९७ र प्रतिशेयर नेटवर्थ रू. ८८ दशमलव ९५ छ । यो पनि हेर्नुस् : पञ्चकन्यामाई हाइड्रोपावर घाटा कम गर्दै, विद्युत् विक्री आम्दानी ८ % बढ्यो

कम्पनीको नाफामा ऐनविपरीत तेस्रोपटक कर

काठमाडौं । लाभांश आम्दानी (डिभिडेन्ड इनकम) गर्ने कम्पनीहरूले दिने लाभांशमा शेयरधनीहरूले ऐनविपरीत नै तेस्रोपटक कर तिर्दै आएको पाइएको छ । बैंक, इन्भेष्टमेन्ट कम्पनी, हाइड्रो पावर कम्पनीलगायत कम्पनीका शेयरधनीहरू यस्तो मारमा पर्दै आएका हुन् । तर, यो विषयमा लगानीकर्ता तथा कम्पनीहरू पनि त्यति जानकार छैनन् । फलस्वरूप शेयर लगानीकर्ता यसको मारमा परेका हुन् । नेपालका बैंक, इन्भेष्टमेन्ट कम्पनी र केही हाइड्रोपावर कम्पनीहरूले आफ्नै सहायक कम्पनी तथा अन्य कम्पनीमा शेयर लगानी गर्दै आएका छन् । र, त्यसबाट वर्षेनि लाभांश आम्दानी गरिरहेका छन् । त्यस क्रममा लगानी गरिएको सहायक तथा अन्य कम्पनीले पहिलोपटक आयकर अर्थात् कर्पोरेट ट्याक्स तिर्छन् । त्यसपछि लगानीकर्ता कम्पनीहरूले त्यहाँबाट पाउने लाभांशमा थप ५ प्रतिशत लाभकार तिर्छन् । आयकर ऐनअनुसार त्यस्तो आम्दानीमा थप कर भने लाग्दैन । तर, त्यस्ता कम्पनीका शेयरधनीहरूले अप्रत्यक्ष रूपमा त्यस्तो आम्दानीमा पनि लाभकर तिर्दै आएका छन् । सम्बन्धी कम्पनीहरूले लाभांशबापत आएको आम्दानीबाट छुट्टै लाभांशको रूपमा डिक्लीयर गरेमा कर लाग्दैन । कम्पनीका शेयरधनीहरूले त्यसबापतको लाभांश विनाकर स्वतः रूपमा लैजान पाउँछन् । तर, कम्पनीहरूले त्यस्तो आम्दानीलाई छुट्टै लाभांशका रूपमा घोषणा गर्ने गरेका छैनन् । त्यस्तो आम्दानी सीधै नाफा नोक्सान खातामा नै समावेश गर्ने गरेका छन् । अर्थात् कम्पनीहरूको त्यस्तो लाभांशलाई पनि कुल लाभांशमा नै जोडर वितरण गर्ने गरेका छन् । फलस्वरूप कर नै तिर्न नपर्ने लाभांशमा समेत शेयरधनीहरूले कर तिर्दै आएको जानकारहरू बताउँछन् । यद्यपि, कम्पनीहरूहले त्यस्तो आम्दानीमा कर्पोरेट ट्याक्स भने तिरेका छैनन् । धितोबजारसम्बन्धी अध्येता अधिवक्ता ज्योति दाहालले लाभांश आम्दानी गर्ने कम्पनीका लगानीकर्ता साँच्चै दोहोरो करको मारमा परेको बताए । विशेषगरी कम्पनीहरूले नै बेवास्ता गर्दा उनीहरू यस्तो मारमा परेको उनको भनाइ छ । ‘डिभिडेन्ड इनकम गर्ने कम्पनीहरूले सोही आम्दानी शेयरधनीहरूलाई विनाकर वितरण गर्न सक्छन् । त्यसका लागि कम्पनीहरूले छुट्टै लेखापरिक्षण गर्नुपर्छ,’ उनले भने, ‘तर, कम्पनीहरूले त्यस्तो आम्दानीमा छुट्टै लेखापरीक्षण गरेका छ्र्रैनन् । फलस्वरूप कर नै तिर्ने नपर्ने लाभांशमा समेत शेयर लगानीकर्ताले कर तिनुपरेको छ ।’ कम्पनीहरूले यस विषयमा बेवास्ता गर्दा यस्तो भएको उनको भनाइ छ । ‘यो सरकारको इस्यु नभएर कम्पनीको इस्यु हो । कम्पनीहरूले यस विषयमा ध्यान दिन आवश्यक छ,’ उनले भने, ‘यद्यपि, सरकारले पनि यसमा सहजीकरण आवश्यक हुन सक्छ ।’ लाभांश आम्दानी गर्ने कम्पनीका अधिकारीहरू पनि यस विषयलाई स्वीकार गरेको देखिन्छ । अभियानसँगको कुराकानीमा केही कम्पनीका प्रतिनिधिहरूले लाभांशबापत हुने आम्दानीको छुट्टै लेखापरीक्षण गर्ने नगरेको बताए । फलस्वरूप त्यस्तो आम्दानीमा तेस्रो पटक पनि कर लाग्ने गरेको उनीहरूले स्वीकार गरेका छन् । ‘त्यस्तो आम्दानीको कर्पोरेट ट्याक्स भने तिर्दैनौं नै । तर, लाभांश भने एकमुष्ट रूपमा नै घोषणा हुने गरेको छ,’ एक कम्पनीका अधिकारीले भने, ‘त्यो क्रममा लाभांशबापत हुने आम्दानीबाट दिइने लाभांशमा पनि लाभकर लाग्ने गरेको छ ।’ त्यस्तो आम्दानीको छुट्टै लेखापरीक्षण गर्न सकेमा यस्तो समस्या नहुने कम्पनीहरूको भनाइ छ । अब यस विषयलाई ध्यान दिइने केही कम्पनीका अधिकारीहरूको प्रतिबद्धता रहेको छ ।

अपर तामाकोशी ८६ करोडभन्दा बढी नाफामा

कात्तिक ३०, काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा रू. ८६ करोड १९ हजार खुद नाफा गरेको छ ।  गत वर्ष यस अवधिसम्म रू. १ करोड ७८ लाख १ हजार खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष नोक्सानी सुधार गर्दै खुद नाफा गर्न सफल भएको हो । यस वर्ष कम्पनीले विद्युत् विक्रीबाट रू. १ अर्ब ७२ करोड ७७ लाख ५१ हजार विद्युत् विक्रीबाट आम्दानी गरेसँगै नाफा गर्न सफल भएको हो ।  गत वर्ष यस अवधिसम्म कम्पनीले विद्युत् विक्री गरेको थिएन ।२०७८ साल असारमा आयोजनाको निर्माण कार्य सम्पन्न भएपनि कम्पनीले साउन र भदौ महीनामा विद्युत् परिक्षण उत्पादन प्रक्रियामा रहेको थियो ।  गत भदौ ४ गतेदेखि चार ओटा युनिटबाट उत्पादित विद्युत् विक्री प्रारम्भ भई भदौ २५ गतेदेखि सम्पूर्ण छ ओटै युनिटबाट उत्पादित विद्युत् केन्द्रीय प्रशारणा जोडिएको थियो ।  हाल कम्पनीको चुक्तापूँजी रू. १० अर्ब ५९ करोड रहेको छ । जगेडा कोष रकम भने रू. २० करोड ८ लाख ९१ हजार ऋणात्मक रहेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ३२ दशमलव ४८ र प्रतिशेयर नेटवर्थ रू. ९८ दशमलव १ छ । यो पनि हेर्नुस् : विद्युत् उत्पादन गर्ने तयारीमा रहेको अपर तामाकोशी हाइड्रोपावरको वित्तीय अवस्था : तेस्रो त्रैमाससम्ममा अपर तामाकोशी हाइड्रोपावर साढे ३ करोड नोक्सानीमा अपर तामाकोशी हाइड्रोपावर ३ करोडभन्दा बढी नोक्सानीमा अपर तामाकोशी ५ करोडभन्दा बढी घाटामा