काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेड (Supermai Hydropower Limited) ले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ४ करोड ८३ लाखभन्दा बढी खुद नाफा (Net Profit) गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार गत वर्षको यसै अवधिसम्मको तुलनामा कम्पनीको खुद नाफा ४१ दशमलव २० प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ८ करोड २२ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।
गत वर्षको तुलनामा कम्पनीको विद्युत विक्री आम्दानी ८ दशमलव ३६ प्रतिशत कम भएकाले नाफामा असर परेको हो । साथै यस वर्ष कम्पनीको वित्तीय खर्च पनि साढे ३३ प्रतिशत बढी भएको छ । गत वर्ष रू. १८ करोड ७० लाखभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १७ करोड १४ लाखभन्दा बढी विक्री आम्दानी गरेको छ ।
गत वर्ष रू. ५ करोड ८ लाखभन्दा बढी मात्र वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष रू. ६ करोड ७९ लाखभन्दा बढी वित्तीय खर्च गरेको छ । सर्वसाधारणमा भर्खरै आईपीओ (IPO) जारी गरेको कम्पनीको चुक्तापूँजी रू. ५० करोड पुगेको छ । आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा २५ प्रतिशत शेयर विक्री गरेको हो ।
जगेडा कोष रकम भने गत वर्षभन्दा ९४ दशमलव २६ प्रतिशत कम रू. ४ करोड ७६ लाखभन्दा बढी कायम भएको हो । प्रतिशेयर आम्दानी रू. ९ दशमलव ६७ रहेको कम्पनीले प्रतिशेयर नेटवर्थ रू. १०९ दशमलव ५२ छ ।
वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोला