माघ २६, काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. २ करोड ४७ लाख नाफा कमाएको छ ।
यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ५८ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १ करोड ५६ लाख नाफा कमाएको थियो ।
चालू आवको दोस्रो त्रैमासमा कम्पनीको विद्युत् विक्री आम्दानी भने ६ प्रतिशतले घटेको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा विद्युत् विक्री बापत रू.१५ करोड ६२ लाख आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा घटेर रू. १४ करोड ६८ लाखमा झरेको हो ।
कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड रहेको छ भने जगेडामा रू. १० करोड १८ लाख सञ्चित रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. २ दशलमव १५,तरलता अनुपात १ दशलमव ७८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १०८ दशलमव ८६ रहेको छ ।