काठमाण्डौ – साउदीको निर्माण क्षेत्रमा पछिल्लो समय गैरकानुनी रूपमा काम गर्नेहरू बढेका छन् ।
गैरकानुनी श्रमलाई कम गर्न विभिन्न कार्यक्रम र उपायहरू अपनाउँदा पनि गैरकानुनी रूपमा श्रम गर्नेहरू बढेको साउदीको श्रम मन्त्रालयको भनाइलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले खबर लेखेका छन् ।
त्यहाँको श्रम मन्त्रालयका अनुसार साउदीको निर्माणको क्षेत्रमा पछिल्लो समय गैरकानुनी रूपमा काम गर्ने श्रमिकहरूको सङ्ख्या ठुलो सङ्ख्यामा रहेको छ ।
नियमित रूपमा अनुगमन र नियमन गर्दा गर्दै पनि निर्माणको क्षेत्रमा गैरकानुनी रूपमा काम गर्नेहरू...