कोरियाको सिप विल्डिङमा नेपाली श्रमिक माग

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तरगत कोरियाले सिप विल्डिङ क्षेत्रमा पहिलो पटक नेपाली श्रमिक माग गरेको छ । यो भन्दा अघि कोरियाका विभिन्न रोजगारदाताले २३८ नेपालीलाई सिप निर्माण क्षेत्रमा काम गर्ने गरी सम्झौता गरेका थिए । वैदेशिक रोजगार विभाग, इपिएस शाखाका निर्देशक पुष्पराज कटुवालले ८९२ नेपाली मध्ये सोमबारसम्म २३८ नेपालीलाई माग गर्ने गरी आफ्नोतर्फबाट श्रम सम्झौता […]

सम्बन्धित सामग्री

नेपाली श्रमिक इजरायल पठाउने तयारी : कस्ता कामदार प्राथमिकतामा?

काठमाडौं : सरकारले इजरायलको कृषि क्षेत्रमा नेपाली श्रमिक पठाउन  छलफल अगाडि बढाएको छ।  कृषिमा  कामदार पठाउने विषयमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अध्ययन समिति गठन गरी प्रक्रिया अगाडि बढाएको हो। इजरायल सरकारले आगामी जनवरीसम्ममा कृषि क्षेत्रमा एक हजारमध्ये ४०० जनालाई लैजाने बताएको छ। इजरायलले नेपाली श्रमिक माग गरेसँगै पहिलो चरणमा दुई देशबीच प्रारम्भिक छलफल भएको  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।गत महिना नेपाल र इजरायलबीच कृषि क्षेत्रमा

कतार विश्वकपका लागि नेपाली श्रमिक लैजान अनुमति

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२२ को नोभेम्बरदेखि कतारमा सुरु हुने विश्वकप फुटबल प्रतियोगिताका लागि नेपाली श्रमिक लैजान अनुमति दिएको छ । प्रतियोगिता अवधिभर कतारका विभिन्न कम्पनीले छोटो अवधिका लागि नेपाली श्रमिक लिन चाहेकाले मन्त्रालयले अनुमति दिएको हो । सो अवधिका लागि सरकारले नेपाली श्रमिक पठाउँदा सबै प्रक्रिया पूरा गरेर पठाउने निर्णयसमेत गरेको छ । काम नै छोटो अवधिका लागि पठाउने भएकाले उनीहरुको श्रम स्वीकृति प्रदान गरेर नै पठाउने निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा रोजगार व्यवस्थापन महाशाखाका प्रमुख राजीव पोखरेलले जानकारी दिए । कतारका रोजगारदाताले विश्वकपका लागि नेपाली श्रमिक ल्याउन चाहेको दूतावासलाई जानकारी गराएको थियो । श्रमिक माग भएको जानकारी प्राप्त हुनासाथ दूतावासले श्रम मन्त्रालयलाई पत्र लेखेको थियो । मन्त्रालयले निर्णय गरिदिएसँगै दूतावासले छोटो अवधिका लागि श्रमिक लैजान इच्छुक रोजगारदाताले ल्याएका माग प्रमाणीकरण गर्ने भएको छ । सरकारले शून्य लागतमा श्रमिक लैजान सम्बन्धित कम्पनीलाई अनुमति दिनेछ । श्रमिकको दुईतर्फी हवाई टिकटसहित भर्ना प्रक्रियामा लाग्ने सम्पूर्ण खर्चसमेत रोजगारदाताले नै बेहोर्नुपर्ने छ । त्यस्ता श्रमिकले कतारमा काम गर्ने अवधि छ महिनाभन्दा कम समयको हुनेछ । म्यानपावर कम्पनीबाहेक व्यक्तिगत रूपमा यसरी छोटो समयको रोजगारीका लागि जान खोज्नेले भिसा ल्याएर श्रम स्वीकृति लिन आएमा पनि श्रम स्वीकृति प्रदान गर्ने मन्त्रालयले जनाएको छ । कानूनअनुसार श्रम स्वीकृतिको अवधि दुई वर्षको हुने व्यवस्था भए पनि कम अवधिको कामको अवसर र भिसा आएमा पनि श्रम स्वीकृति प्रदान गर्ने पनि कानूनी व्यवस्था रहेको सहसचिव पोखरेलले जानकारी दिए । नेपालबाट कतिको सङ्ख्यामा श्रमिक लैजाने र सेवा सुविधा कति पाउने भन्ने कुरा भने अहिले नै निश्चित भइसकेको छैन ।

इजरायल रोजगारी : १ सय ४३ जनालाई ५ माघमा पठाउने तयारी

काठमाडौं : सरकारले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपाली कामदार पठाउन सुरु गरेको छ। लामो समयदेखि चर्चामा रहेको इजरायल रोजगारीमा ५ माघमा पहिलो पटक १२५ जना नेपाली श्रमिक पठाउने तयारी भएको वैदेशिक रोजगार विभागले जनाएको छ। इजरायलले पहिलो चरणमा एक हजार श्रमिक माग गरेको थियो। जसमा सरकारले सम्पूर्ण प्रक्रिया पुरा गरेर एक हजार एक सय ७५ जना श्रमिक छनोट गरेको छ।तीमध्ये करिब सात सय जनासँग करार सम्झौता भइसकेको छ। एक सय ४३ जनाको भने भिसाको प्रक्रिया पुरा गरेको वैदेशिक रोजगार विभाग इजरायल शाख

जापानको रोजगारी सुचारु हुँदै

कोरोना संकट र कानुनी झमेलाका कारण ओझेलमा परेको जापानको रोजगारी सुचारु गर्न वैदेशिक रोजगार विभागले प्रक्रिया अघि बढाएको छ । जापानको रोजगारीमा परीक्षालगायत छनोटसम्बन्धी काम गरिरहेको जापान फाउन्डेसनले नेपाललाई श्रमिक पठाउने प्रक्रिया सुरु गर्न आग्रह गरेपछि विभागले प्रक्रिया सुरु गरेको हो । विभागका महानिर्देशक कुमारप्रसाद दाहालले इजरायलले नेपाली श्रमिक माग गर्ने जनाइरहेका बेला जापानले समेत […]

कृषि क्षेत्रमा नेपाली लैजाने जापानको तयारी

जापानले रोजगारीका लागि नेपालबाट नर्सिङ सेवाका केयर गिभर लैजान भाषा परीक्षा गरिरहेका बेला कृषि क्षेत्रमा समेत नेपाली श्रमिक लैजानेबारे अध्यायन सुरु गरेको छ । जापानले रोजगारीका लागि नेपालबाट पहिलो चरणमा केयर गिभर लैजान छनोट गरिरहेका बेला ‘स्पेसिफाइड स्कील वर्कर’ (एसएसडब्लु) अन्र्तगत कृषि, वन तथा मस्त्य क्षेत्रमा समेत श्रमिक माग गर्ने विषयमा गृहकार्य गर्ने भएको छ ।

मलेसिया रोजगारी खुल्यो

मलेसियामा २ देशबीच लगातार ३ दिनसम्म चलेको छलफलपछि लामो समयदेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने भएको छ ।नेपाली पक्षले राखेको श्रमिकमैत्री शर्तहरूपालना गर्ने र स्वास्थ्य परीक्षणको सिन्डिकेट अन्त्य गर्ने जनाउदै मलेसिया र नेपाल नेपाली श्रमिक माग तथा आपुर्ती गर्ने बिषयमा सहमतिमा पुगेका हुन्।

कालोसूचीमा सबैभन्दा बढी मलेसियाली रोजगादाता

नेपाली श्रमिक माग गर्ने प्रमुख श्रम गन्तव्यमध्ये सबैभन्दा बढी मलेसियाका रोजगादातालाई कालोसूची (रोक्का) मा राखिएको पाइएको छ । सम्झौताअनुसार श्रमिकलाई सेवासुविधा नदिएका कारण अन्य प्रमुख श्रम गन्तव्यमध्ये सबैभन्दा बढी मलेसियाका रोजगारदाता रहेका छन् । नेपाली श्रमिक माग गर्ने मुख्य श्रम गन्तव्य कतार, साउदी अरब र यूएईमध्ये सबैभन्दा बढी मलेसियाली रोजगारदाताले नेपाली कामदारसँग गरिएको सम्झौता उल्लघंन गरी नेपाल सरकारले कालोसूचीमा राखेको पाइएको छ । अन्य ३ श्रम गन्तव्यमध्ये ७९ प्रतिशतभन्दा बढी कालोसूचीमा मलेसियाका रोजगारदाता रहेका छन् ।

जापानको पहिलो प्राथमिकता केयर गिभर र क्लिनर

नेपाली श्रमिक माग गर्ने सम्बन्धमा नेपाल र जापानबीच श्रम समझदारी (एमओसी) भएसँगै जापानका रोजगारदाताले केयर गिभर र क्लिनिङ क्षेत्रमा नेपाली युवा लैजाने सम्बन्धमा छफफल अघि बढाएका छन् । दुई देशबीच चैत ११ गते श्रम समझदारी भएपछि प्राविधिक टोलीले कस्ता श्रमिक लैजाने भन्ने सम्बन्धमा छलफल गरिरहेका बेला जापानका नर्सिङ र सफाई क्षेत्रका रोजगारदाताले नेपाली पक्षसँग अनौपचारिक छलफल अघि बढाएका छन् । नेपाल र जापानबीच समझदारीमा विभिन्न १४ क्षेत्रमा नेपाली कामदार माग गर्ने जनाइए पनि नर्सिङ र सफाई क्षेत्रमा नेपाली कामदार लैजाने सम्बन्धमा छलफल सुरु भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएकोे छ ।

जापान रोजगारी : पहिलो प्राथमिकतामा केयर गिभर र क्लिनिङ

काठमाडौं । नेपाली श्रमिक माग गर्ने सम्बन्धमा नेपाल र जापानबीच श्रम समझदारी (एमओसी) भएसँगै जापानका रोजगारदाताले केयर गिभर र क्लिनिङ क्षेत्रमा नेपाली युवा लैजाने सम्बन्धमा छलफल अघि बढाएका छन्। जापानको रोजगार   दुई देशबीच ...