बेलायती सांसद निल पेरिशले भूलवश आफ्नो मोबाइलमा पोर्न भिडियो खुलेको हुन सक्ने बताएका छन् । यसै साता उनी संसद् भवनभित्र मोबाइलमा अश्लील सामग्री हेरेको अवस्थामा भेटिएका थिए । सो घटनापछि पेरिश कन्जरभेटिभको संसदीय दलबाट निलम्बनमा परेका छन् । हाउस अफ कमन्सको बैठकमा उनले अश्लील सामाग्री हरेको दुई महिला सांसदहरुले आरोप लगाउँदै आएका छन् । आफूहरु नजिकै बसेर त्यस्तो सामाग्री हेरेको महिला सांसदहरुको गुनासो छ । यस विषयमा अनुसन्धान सुरु गरिएको छ । फैसला नआएसम्म उनले सांसद र वातावरण चयन समितिक