कोरोना संक्रमण नभएका सांसद शाही कोभिड वार्डको बेडमा, बाहिर कडा पहरा

काठमाडौं, १६ वैशाख । राष्ट्रिय जनमोर्चाका वेपत्ता भनिएका सांसद खिमविक्रम शाहीको एकै दिन दुईवटा कोरोना टेष्ट भएको खुलेको छ । उनको एउटा रिपोर्टमा नेगेटिभ आएको खुलेको छ । अर्को, रिपोर्ट भने पोजेटिभ आएको दाबी गरिएको छ । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गविरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान हुने तय हुँदा शाही वेपत्ता भएका थिए । […]

सम्बन्धित सामग्री

गण्डकी प्रदेशका सांसद खिमविक्रम शाही कोरोना संक्रमण मुक्त

गण्डकी प्रदेशका सांसद खिम विक्रम शाही कोरोना संक्रमण मुक्त भएका छन् । उनी वैशाख १५ गते संसद चलिरहेको अवस्थामा एकाएक बेपत्ता भएको भन्दै संसद नै स्थगित भएपछि साँझ कोरोना संक्रमित भएर अस्पताल भर्ना भएको खुलेको थियो ।सांसद शाहीको नवौँ दिनमा गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।  कोरोना संक्रमण भएपछि सांसद शाही चार रात पोखरास्थित चरक मेमोरियल अस्पतालको कोभिड वार्डमा बसेका थिए । चार दिन अस्पतामा बिताएपछि १९ गतेदेखि होटलको क्वारेन्टिनमा बसेका उनीको शुक्रबार दिएको स्वाब परि

गण्डकी प्रदेशका सांसद खिमबिक्रम शाहीले जिते कोरोना

जनमोर्चाको तर्फबाट गण्डकी प्रदेशका सांसद खिम विक्रम शाही कोरोना जितेका छन् ।  उनमा वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएको बताइएको थियो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अविश्वास प्रस्तावमाथि मतदान हुने दिन उनी एकाएक बेपत्ता भएका थिए भने पछि अस्पतालमा फेला परेका थिए।   उनी बेपत्ता भएकै कारण बैठक स्थगित भएको थियो । सांसद शाहीको नवौं दिनमा गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो ।    सांसद शाही वेपत्ता भएपछि स्थगित भएको प्रदेशसभा बैठक सोमबारका लागि बोलाइएको छ।