निर्वाचन आयोगले सहरी विकासमन्त्री मेटमणि चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । देउखुरीका चार पालिकाका लागि करिब १३ लाख बराबरको खाद्यान्न (चामल) वितरण गरेको सार्वजनिक भएपछि आयोगले आइतबार चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । ‘निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (न) मा ‘‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने” भन्ने व्यवस्था रहेको हुँदा तपाईंले आफ्नो निर्वाचन क्षेत