शहरी विकास मन्त्रालयका कारण लम्बिएको बन्चरेडाँडाको फोहोर व्यवस्थापन

काठमाडौं :  काठमाडौँ उपत्यकाको फोहोर फालिने नुवाकोट र धादिङको बन्चरेडाँडा ल्याण्डफिल साइटको समस्या शहरी विकास मन्त्रालयका कारण लम्बिदै आएको छ। पटक पटक प्रधानमन्त्री कार्यालयको निर्देशन पनि अटेर गर्दै शहरी विकास मन्त्रालयले फोहोरमैला व्यवस्थापनको समस्या समाधान गर्न चासो नदेखाएको नुवाकोटको ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले बताए। बुधबार शहरी विकास मन्त्रालयले छलफलका लागि स्थानीय प्रतिनिधिलाई बोलाएको थियो। तर प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जेठ १ गते नै दिएको निर्देशन

सम्बन्धित सामग्री

संसदमा ८ वर्षअघि छलफल भएको थियो फोहोरलाई मोहोर बनाउने प्रस्ताव

२९ जेठ, काठमाडौं । झण्डै १५ दिनसम्म फोहोर नउठ्दा दुर्गन्धित भइसकेको काठमाडौं शहरबाट शनिबारदेखि फोहोर उठाउन थालिएको छ । शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका लगायतका निकायले अस्थायी उपाय खोजेर सडकबाट फोहोरको थुप्रो हटाउन पहल गरेपनि स्थायी समाधान भने टाढै छ । काठमाडौंमा फोहोर व्यवस्थापन सदवहार बहसको विषय हो । तर यसको दीर्घकालीन समाधानतर्फ भने कुनै […]

काठमाडौंको फोहोर व्यवस्थापन गर्न प्रधानमन्त्रीले पहलकदमी लिनुपर्छ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले काठमाडौंको फोहोर व्यवस्थापनको सन्दर्भमा शहरी विकास मन्त्रालय र महानगरले गरिरहेको काममा मद्दत गर्नु सबैको कर्तव्य भएको बताएका छन्। प्रतिनिधिसभामा आफ्नो धारणा राख्दै थापाले यस्तो बताएका हुन्। तर, कतिपय कुरा यी दुई वटा निकायले चाहेर मात्रै पनि गर्न सम्भव नभएको भन्दै उनले यसको पहल…

काठमाडौंको फोहोर मंगलबारदेखि उठाइने

२३ जेठ, काठमाडौं । सरकार र फोहोर फाल्ने क्षेत्रका वासिन्दाबीचको सहमति भएपछि मंगलबारदेखि काठमाडौंको फोहोर व्यवस्थापन हुने भएको छ । शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिका र स्थानीय वासिन्दाबीच सोमबार सहमति भएपछि काठमाडौंको फोहोर व्यवस्थापन हुन लागेको हो । सोमबार सहरी विकास मन्त्रालयको पहलमा भएको सरोकारवालाको बैठकले फोहोर उठाउने सहमति गरेको हो । गत १४ […]

‘काभ्रे स्मार्ट सिटी’ संरचना निर्माण प्रक्रिया तीव्र

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पुराना तीन नगर बनेपा, धुलिखेल र पनौतीलाई स्मार्ट सिटीको रूपमा विकास गर्न संरचना निर्माण प्रक्रिया तीव्र पारिएको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको नयाँ शहर आयोजना समन्वय कार्यालयको स्मार्ट सिटीको माष्टर प्लानअनुसार ‘काभ्रे स्मार्ट सिटी’ निर्माण कार्यान्वयनको चरणमा छ ।     सरकारद्वारा छनोट गरिएको मुलुकको विभिन्न १३ स्थानमध्ये काभ्रे स्मार्ट सिटी पनि एक हो । स्मार्ट सिटी योजनाअन्तर्गत तीनै नगरले ऐतिहासिक सम्पदा मर्मतसम्भार तथा पुनर्निर्माण थालेका हुन् । सरकारले आर्थिक वर्ष २०७३/७४ मा पहिलो चरणमा पाइलट प्रोजेक्टका रूपमा निजगढ, पालुङ्टार र लुम्बिनीलाई स्मार्ट सिटी बनाउने घोषणा गरेको थियो । सरकारले काभ्रेपलाञ्चोकको ‘काभ्रे सिटी’ समेटेर पुनः आव २०७४/७५ मा १३ पुर्‍याएको थियो । बनेपा नगरले मन्त्रालयको स्मार्ट सिटी योजनाअन्र्तगत नगरभित्रका पोखरी, पुराना ढुंगेधारा र मन्दिरको पुनर्निर्माण तथा मर्मतसम्भार शुरू गरेको छ । नगर उपप्रमुख रेखा दाहालले २ करोड बजेटबाट हाल ऐतिहासिक सम्पदाको मर्मत तथा पुनर्निर्माणको काम थालिएको बताए । उनका अनुसार ८ नम्बर वडास्थित ऐतिहासिक तला पुखु (पोखरी), दक्षु टोलमा रहेको तलाहिटीमा रहेको पुरानो ढुंगेधारा, लायकु राजमञ्च नजिकको तलेजु भवानी मन्दिरको मर्मतसम्भार गरिनेछ ।      यस्तै, वडा नम्बर ५ को पुरानो बजारमा रहेको तीनधरा (सोपुहिटी)को पुनर्निर्माण, बनेपाको गणेशस्थानमा रहेको त पुखु, र च्वापुखुको मर्मतसम्भार तथा पुनर्निर्माण शुरू भएको छ । बनेपा–१४ साँगामा अवस्थित पोखरीको समेत मर्मतसम्भार गर्न सम्झौता भइसकेको छ । ‘पुनर्निर्माण तथा मर्मतसम्भार शुरू गरिएका संरचना ऐतिहासिक महŒव झल्कने हिसाबले नै निर्माण गरिनेछ,’ दाहालले भने । पनौती नगरले स्मार्ट सिटी कार्यक्रमअन्तर्गत त्रिवेणीघाट क्षेत्रमा आउँदो बाह्रवर्षे मकर मेलालक्षित सोलार बत्ती जडानका लागि सम्झौता गरेको बताएको छ । साथै, पनौतीस्थित पुण्यमाता र रोशी खोलातर्फ सिँढी निर्माण गरिने नगरका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले बताए । यसैगरी जिल्लाको धुलिखेल नगरले कार्यक्रम अन्तर्गत ठूलीवनमा चार दशमलव ५ किलोमिटर अपांगतामैत्री इको–ट्रेल निर्माण, एक नम्बर वडास्थित देवीटारमा माउण्टेन स्पोटर््स ट्रेनिङ सेन्टर, बुद्ध–शान्ति पार्क निर्माण र वडा नम्बर ६ र ७ मा ऐतिहासिक रामनाम पोखरीको मर्मतसम्भार गरिने नगरका इञ्जिनीयर हरेराम हुमागाईंले बताए । ‘स्मार्ट सिटी’ नयाँ शहरको अवधारणामा विगतमा बनेको संरचनाभन्दा भिन्न सम्पूर्ण सेवा–सुविधायुक्त आधुनिक शहर हो । शहर स्मार्ट बन्न सडक, खानेपानी, अस्पताल, टेलिफोन, बैंक, पार्किङस्थल, खुला मैदान, फोहोर व्यवस्थापन, शिक्षा, स्वास्थ्य, सूचना प्रणालीमा सरकार–जनतालगायत सम्पूर्ण सेवा–सुविधा एकै थलोमा हुनुपर्नेछ । तर, भौगोलिक अवस्था, जनताको जीवनस्तर, त्यहाँको अर्थतन्त्र र सम्भावनाअनुसार फरक–फरक हुन सक्नेछ । काभ्रेपलाञ्चोकको तीन नगर समेटिएको काभ्रे स्मार्ट सिटी योजनाका लागि एकमुष्ट ५ करोड बजेट विनियोजन भएको छ, जसमध्ये बनेपालाई २ करोड तथा धुलिखेल र पनौती नगरलाई  १ करोड ५० लाखका दरले बजेट विनियोजन गरिएको हो । सुशासन, सामाजिक सुरक्षा, स्मार्ट व्यवस्थापन, स्मार्ट प्रविधिबाटै आकस्मिक सेवाको उपलब्धता हुुनुपर्ने पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सांसद गोकुलप्रसाद बाँस्कोटा बताउँछन् । ‘स्मार्ट सिटी सूचना प्रविधिमैत्री हुनुपर्दछ, जहाँ स्थानीयले प्रविधिकै माध्यमबाट सेवा–सुविधा उपभोग गर्न पाउने व्यवस्था हुनुपर्छ,’ उनका अुसार ई–गभर्नेस पनि स्मार्ट सिटीको महŒवपूर्ण आधार हो । राष्ट्रिय योजना आयोगले भने स्मार्ट जनता, स्मार्ट शासन, स्मार्ट अर्थ–व्यवस्था, स्मार्ट पूर्वाधार गरी चार सूचकलाई स्मार्ट सिटीको आधार बनाएको छ । रासस