भक्तपुर : कुनै पनि सरकारी कार्यालयमा होस् वा निजी संस्था किन न होस्, कार्यालय समयमा बिदा र अतिरिक्त सुविधा नलिने कर्मचारी सायदै पाउन मुस्किल पर्छ। विशेष गरी सरकारी कार्यालयमा कार्यरत कर्मचारीले सरकारले उपलब्ध गराएका सबै बिदा र अतिरिक्त सेवा सुविधा लिन मरिहत्ते गरेको पाइन्छ। एक दिन बिदा बाँकी भएसम्म बिदा लिने कर्मचारी हामीले धेरै पाउँछौँ।सरकारले कर्मचारीलाई उपलब्ध गराउने भैपरी, घर, बेतलबी, बिरामी, भ्रमण र विशेषलगायतका बिदा लिने, यातायात तथा हवाई सेवादेखि होटलको बिलसमेत पेश गर्ने र कतिप