काठमाडौँ । ठमेलस्थित अमृत साइन्स क्याम्पसका क्याम्पस प्रमुख, प्राध्यापकदेखि कर्मचारी महिनौँसम्म कार्यालय अनुपस्थित भएर तलब–भत्ता लिने गरेको पाइएको छ । बिदा स्वीकृत गराएर मात्र गैर हाजिर हुनुपर्ने प्रावधान विपरीत उनीहरू महिनौँसम्म अनुपस्थित भएर त्यस समयबापतको समेत तलब–भत्ता बुझ्ने गरेको पाइएको हो । राष्ट्रिय सतर्कता केन्द्रको छानबिनबाट एक सय ८५ शिक्षक–कर्मचारी बिदा स्वीकृत नगराई अनुपस्थित रहेको र गैर […]