४० दिनमा ३१ दिनसम्म क्याम्पसमा अनुपस्थित

अमृत साइन्स क्याम्पसका प्रमुखदेखि कर्मचारी महिनौँ गैरहाजिर, तलब–भत्ता असुल गर्न राष्ट्रिय सतर्कताको निर्देशन ठमेलस्थित अमृत साइन्स क्याम्पसका क्याम्पस प्रमुख, प्राध्यापकदेखि कर्मचारी महिनौँसम्म कार्यालय अनुपस्थित भएर तलब–भत्ता लिने गरेको पाइएको छ । बिदा...

सम्बन्धित सामग्री

डेढ वर्षपछि त्रिविले सार्वजनिक गर्याे बिएस्सीको नतिजा

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले करिब दुई वर्षपछि विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत ४ वर्षे बिएस्सी प्रथम वर्षको नतिजा सार्वजनिक गरेको छ।त्रिविले एक सूचना जारी गर्दै त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा लिएको प्रथम वर्ष २०७९ को नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो।त्रिविले नतिजा प्रकाशित गर्दा स्थगन अनुपस्थित देखिएका परीक्षार्थीहरूले आफू अध्ययनरत क्याम्पसमा प्रवेश पत्र प्रमाणि गरि सम्पर्क गर्न आग्रह गरेको छ।‘आफ्नो प्रवेश पत्र प्रमाणीकरण गराई २०७९ साल कात्तिक १५ गतेप

महेन्द्र क्याम्पस जग्गा प्रकरण : पेशीमा क्याम्पस अनुपस्थित, मोहीको नाममा नामसारी

मंसिर २३, धरान । विगत ३ वर्षदेखि मोहीमा विवादित बनेको महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीले नामसारी गरिदिए पछि जग्गा हडप्न सहज बनाइदिएको छ । २०३४ सालमा क्याम्पसले खरीद गरी उपभोग गर्दै आएको धरान ११ स्थित स्वस्तिक चौकमा रहेको कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गामा रहेको मोही नामसारीका लागि दिएको निवेदन माथि भूमिसुधारले फैसला गर्दै नामसारी गरिदिएको छ । विगत ३ वर्षदेखि विवाद चर्किएको मोहियानी नामसारी मुद्दा क्याम्पसको विपक्षमा फैसला गर्दै जग्गा हडप्न मालपोत कार्यालयले सहज बनाइदिएको हो ।  क्याम्पसले जग्गा खरीद गरेको समयमा मोही कायम रहेका डम्बर बहादुर घिमिरेको छोरा भनिएका यज्ञ बहादुर क्षेत्रीको नाममा नामसारी गरिदिने फैसला गरिदिएको छ । क्याम्पस प्रशासनको गैह्रजिम्मेवारी कै कारण भूमिसुधारलाई फैसला गर्न पनि सहज बनेको थियो ।  फैसला हुनुअघि भूमिसुधारको तारिख तथा पेशीका लागि क्याम्पसको तर्फबाट कोही पनि गएनन् । ३ पटकको पेशीमा समेत कुनै वकिल पठाउन नसक्दा भूमिसुधारले एकलौटी फैसला गरिदिएको हो । जसले गर्दा क्याम्पस प्रशासन गैह्रजिम्मेवार रहेको प्रष्ट भएको छ ।  २०७५ मा मोहियानी हक दाबी गर्दै तत्कालिन धरान विद्युत् प्राधिकरणका कर्मचारी यज्ञ बहादुर क्षेत्रीले नामसारी गराउन निवेदन दिएका थिए । यज्ञले दिएको निवेदनपछि क्याम्पस प्रशासनले पनि मोही दाखिल खारेजको निवेदन दिएको थियो । तर भूिमसुधारले भने मोही पक्षको हकमा फैसला गर्दै नामसारी गरिदिने फैसला गत असोज २५ गते नै गरेको हो । उनी डम्बर बहादुर घिमिरेकै छोरा हुन् भन्ने पनि त्यतीबेला आशंका रहेको थियो ।  २०३४ सालमा साविक धरान ९ (क) हाल धरान ११ स्वास्तिक चोकमा पर्ने कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गा श्यामगोविन्द श्रेष्ठबाट क्याम्पसले किनेको थियो । उक्त जग्गामा त्यती बेलादेखि नै शिक्षक क्वाटर र छात्रवास रहेको छ । क्याम्पसले नै अहिलेसम्म जग्गाको तिरो पनि तिर्दै आएको छ ।  स्रेस्तामा मोही उल्लेख भएका डम्बरबहादुर घिमिरेको मृत्यु भइसकेको छ । मोही घिमिरेलाई त्यसबेला नै चित्त बुझाएर जग्गा किनबेच गरिएको भएपनि लगतकट्टा नगरिदा अहिले भूमाफियाहरुले जग्गा हड्प्न उनका छोरा यज्ञबहादुर क्षेत्रीलाई अघि सारेका हुन् । उक्त जग्गाको मूल्य अहिले करोडौं रुपैयाँ पर्छ । यता क्याम्पस प्रमुख दामोदर भण्डारी मालपोत कार्यालयको कमजोरी रहेको दाबी गर्छन् । मालपोत कार्यालय र भूमाफियाहरुको मिलेमतोमा क्याम्पसको जग्गा हडप्न खोजेको उनको भनाइ छ । उनी भन्छन्, ‘त्यसका विरुद्ध पुनरावेदनका लागि उच्च अदालत जाने तयारी गरेका छौं, जसको नाममा मोही छ, उनले कमाएको पनि छैन, भोगचलन हामीले गरिरहेका छौं, भूमिसुधारले मागेको भोगचलनको सर्जमिन मुचुल्का पनि हामीले बुझाइसकेका छौं ।’ क्याम्पसमा दशैं तिहारको बिदा शुरु भएपछि भूमिसुधारले फैसला गरेका कारण पत्र ढिलो गरि बुझेको उनको भनाइ छ । उनका अनुसार क्याम्पस २१ गतेदेखि बन्द भएको थियो भने भूमिसुधारले असोज २५ गते फैसला गरेको थियो । भूमिसुधारले गरेको फैसला त्यति बेला बुझेको भए सरकारी कार्यालय बिदा हुँदा मुद्धा हाल्न समय पर्याप्त नहुने भएकाले ढिलाइ गरि म्याद बुझेको उनी बताउँछन् ।  पर्याप्त डकुमेन्टहरु बुझाउँदा पनि भूमिसुधारले गलत गरेको उनको आरोप छ । व्यक्तिलाई फाइदा हुने गरि संस्थाले निर्णय नगर्ने बताउँदै क्याम्पस प्रमुख भण्डारीले क्याम्पसको जग्गा आफ्नै मातहतमा ल्याउने बताएका छन् ।  यता भूमिसुधार तथा मालपोत कार्यालयले दुई वर्षसम्म कुनै पनि मुद्दा रोक्नु नमिल्ने भएकाले सबै प्रमाणको आधारमा मोही नामसारीको फैसला गरिएको जानकारी दिएको छ । मालपोतका सुब्बा शम्भु सुवेदीले पर्याप्त प्रमाणहरु भएकाले नै मोही नामसारीका लागि फैसला गरिएको बताए । उनले भने, ‘मोहीको नाममात्रै सरेको हो, जग्गा सरेको होइन् ।’ किनेको समयमै मोहीको लगतकट्टा कटाउनु पर्नेमा नभएकाले अहिलेसम्म मोही सर्दै आएको उनको भनाइ छ । उनले भने, ‘कागजपत्र अनुसार मोही सँगसँगै किनेको देखिन्छ, मोही सर्दै आयो अहिलेसम्म, क्याम्पसलाई पटक पटक हामीले भनेको हो, कुनै पहल नगर्दा ढिलाई भएको हो ।’  भूमिसुधारले नाम मात्रै सारिदिएको उनी बताउँछन् । उनका अनुसार जग्गा जाने नजाने भनेर चै अदालतको फैसलाले निर्णय गर्नेछ । क्याम्पसले पुनरावेदन गरेर उच्च अदालतले निर्णय गरेपछि मात्रै लागू हुने उनको भनाइ छ । कार्यालयले निर्णय गरेकाले मिलेमतो देखिएको जस्तो मात्रै रहेको उनले प्रष्ट्याए ।

बिए प्रथम वर्षको नतिजामा पाँच सय बढी विद्यार्थी अनुपस्थित देखिएकोमा आपत्ति

सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले आरआर क्याम्पसमा अध्ययनरत पाँच सयभन्दा बढी विद्यार्थीको बिए प्रथम वर्षको नतिजामा अनुपस्थित देखाइएको भन्दै आपत्ति जनाउनु भएको छ ।

परिक्षा दिएका विद्यार्थीको उत्तरपुस्तिका हराएपछि नतिजामा अनुपस्थित

त्रिभुवन विश्वविद्यालयको लापरबाहीले विद्यार्थीले लेखेको उत्तरपुस्तिका हराएपछि परीक्षामा अनुपस्थित रहेको नतिजा सार्वजनिक भएको छ । पब्लिक युथ क्याम्पसमा एमबीए पहिलो बर्षमा अध्ययनरत १ सय ९५ जना विद्यार्थीको एकाउन्टिङ विषयको उत्तरपुस्तिका हराएको हो । गत पुसमा दिएको परीक्षामा उत्तरपस्तिका नै नभेटेको भन्दै त्रिवि परीक्षा नियन्त्रण कार्यालयले पुन: परीक्षा दिनुपर्ने अडान लिएको छ । विद्यार्थीहरुले विरोध गरिरहेका छन् ।