काठमाडौं– संसदीय छानबिन विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्ति संलग्न नभएको निष्कर्ष निकालेको छ। समितिले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष उल्लेख गरिएको छ। समितिको प्रतिवेदनमा भनिएको छ–‘ छानबिनबाट समितिले ठहर गरेको वा निष्कर्ष निकालेको विषय समितिले अर्थ मन्त्रालयका पदाधिकारीहरूसँग गरेका छलफल, अर्थ मन्त्रालयबाट प्राप्त गरेका जबाफ […]