छानबिन विशेष समितिमा निवर्तमान अर्थमन्त्री शर्माको बयान : अनधिकृत व्यक्तिलाई प्रवेश गराइ करको दर हेरफेर गरेको छैन

काठमाण्डाै - निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता नरहेको दाबी गर्नुभएको छ । बिहान संसदीय छानबिन विशेष समितिको बैठकमा बयान दिँदै शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराइ करको दर हेरफेर नगरेको दाबी गर्नु भएको हो । आफूमाथि लागेको आरोपको खण्डन गर्दै उहाँले स्थापित मूल्य, मान्यता, विधि, पद्धतिका आधारमा नै बजेट निर्माण गरिएको पनि दाबी गर्नु भएको छ । समितिले यो प्रकरणमा मुछिएका भनिएका विभिन्न व्यक्तिहरुसँग सोधपुछ गर्ने क्रममा बिहान निवर्तमान मन्त्री शर्मा...