नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बजेट घोषणाको पूर्वसन्ध्यामा अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश र करको दर हेरफेर गरिएको सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गरेका छन् ।प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा उनले लामो समयदेखि आफूहरुले यसबारेमा संसदीय छानबिन हुनुपर्ने माग गर्दै आएको स्मरणसमेत गराए । आफूहरुलाई बजेटमा गडबड भएको आशंका उतिबेलै भएको र पछिल्लो समय व्यवस्थित रुपमा त्यससम्बन्धी सूचनाहरूसमेत बाहिरिएको भन्दै उनले ‘सेटिङमा आधारित रहेर बजेट ल्याएको’ प्रस्ट हुँदै गएक