भारतको उत्तराखण्डकी महिला सशक्तिकरण तथा बाल विकास मन्त्री रेखा आर्य हिजोआज उनको अनौठो आदेश र बयानका कारण चर्चामा छिन् । पछिल्लो घटनामा उनले आफ्नो मन्त्रालयका सबै कर्मचारी, अधिकारीहरूलाई शिवलिङ्गमा जल चढाउन आदेश दिएकी छन् । यस आदेशप्रति विपक्षी कंग्रेसले आलोचना गरेको छ भने कैयौं कर्मचारी असहज बनेका छन् । यसअघि आर्यको मन्त्रालयले बरेलीस्थित उनको निजी निवासमा हुने धार्मिक कार्यक्रममा सहभागी हुन अधिकारीलाई निर्देशन दिँदा विवाद उत्पन्न भएको थियो । विरोधमा प्रतिक्रिया दिने क्रममा मन्त्रीले आ