सरकारी कर्मचारीलाई भत्ता दिएर घुम्न पठाइने, विदेशी पर्यटकलाई एक महिनासम्मको भिसा शुल्क नलाग्ने

काठमाण्डाै – सरकारले आन्तरिक पर्यटन बढाउन सरकारी कर्मचारीलाई घुम्न पठाउने भएको छ । आउँदो बजेटमा सरकारी कर्मचारीलाई घुम्न पठाउन प्याकेज घोषणा भएको छ । सरकारी कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको घुम्ने रकम दिइने बजेटमा उल्लेख छ । यस्तै विदेशी पर्यटकलाई एक महिनाको भिसा शुल्क छुट दिइएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहनुभएको छ । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८–...

सम्बन्धित सामग्री

चीनले कोरोनाकालमा बन्द गरेको विदेशी पर्यटक भिसा तीन वर्षपछि खुलायो

कोरोना भाइरस विश्वमा फैलिरहेका बेला चीनले सन् २०२० यता विदेशी पर्यटकलाई भिसा दिएको थिएन ।

विदेशी पर्यटक बढाउन घुम्न आउनेलाई उल्टै पैसा दिँदै ताइवान

काठमाडौं । कोभिडका कारण सीमा बन्द, कडाइलगायतको असर विभिन्न देशहरूको पर्यटन क्षेत्रमा परेको छ । कोभिडसम्बन्धी प्रतिबन्धहरू हटेको अवस्थामा कतिपय देशहरूले पयर्टकलाई आकर्षित गर्न विभिन्न योजना ल्याएका छन् ।  हालै मात्रै हङकङले कोभिडका कारण चौपट भएको अर्थतन्त्रलाई टेवा दिन ५ लाखभन्दा धेरै हवाई टिकट निःशुल्क दिने घोषणा गरेको थियो । हङकङ प्रशासनले पनि यो महीनाको शुरुमा उक्त प्रोत्साहनको घोषणा गरेको थियो ।  यो सूचीमा अब ताइवान पनि थपिएको छ । ताइवानले विदेशी पयर्टकहरूलाई आकर्षित गर्न हरेक पर्यटकलाई १६५ डलर दिने घोषणा गरेको छ । समूहमा आउने पयर्टकका लागि पनि ६५८ डलर दिइनेछ । सम्भावित आगन्तुकहरूलाई यो रकम पयर्टकहरूलाई डिजिटल स्वरूपमा उपलब्ध गराइने ताइवानका यातायातमन्त्री वाङ कुओ–साईले बताएका छन् । यो रकमलाई पयर्टकहरूले बसोबास, यात्रा र अन्य खर्चमा छूटका रूपमा प्रयोग गर्न सक्ने बताइएको छ । सरकारले यो योजना कहिलेदेखि शुरु गर्ने भन्नेबारे केही पनि बताएको छैन । अनि यसलाई कसरी लागू गरिन्छ भन्नेबारे पनि खासै बताइएको छैन । तर, समाचार एजेन्सीका अनुसार उक्त प्रोत्साहन लक्की ड्र वा विमान सेवा प्रदायकहरूमार्फत वितरण गरिनेछ । कोरोना भाइरसको महामारीका कारण चौपट भएको पर्यटन अर्थतन्त्र उकास्न ताइवानले यो योजना बनाएको हो । पर्यटन क्षेत्रको गतिविधि बढाउन सरकारले १२ अर्ब ३० करोड अमेरिकी डलर बराबरको प्रोत्साहन कार्यक्रम ल्याएको छ । ताइवानी जीडीपीमा पयर्टनको योगदान महामारीपूर्व ४ प्रतिशत थियो । यो योजनामार्फत ताइवानले खासगरी जापान, दक्षिण कोरिया, हङकङ मकाउ, दक्षिण पूर्वी एशिया, यूरोप र अमेरिकी आगन्तुकहरूलाई आकर्षित गर्न खोजेको छ । अहिले विदेशी यात्रीहरूको लागि मुख्य समस्या भनेको कच्चा तेलको भाउमा भएको वृद्धिसँगै हवाई इन्धन महँगो बनेर हवाई भाडा बढ्नु हो । महँगीका कारण दैनिक गुजारा चलाउन गाह्रो भएको समयमा घुमफिरमा धेरै पैसा खर्च सायदैले गर्लान् । ताइवानको यो योजनाले कम्तिमा ताइवान घुम्न आउनेहरूलाई टिकटको खर्चमा केही राहत दिनेछ । यसका लागि पयर्टकहरूले ताइवान यात्राका लागि भिसा आवेदन दिनु पर्नेछ । आवेदकहरूले उनीहरूको बसाईको आशय, घुमफिरको तालिका, होटलको बुकिङ, बैंक स्टेटमेन्टलगायत विवरणहरू देखाउनु पर्नेछ । तपाईं पनि जाने हो त ताइवान घुम्न ?

नोभेम्बरमा हवाई मार्गबाट २६ हजार एक सय ३५ जना विदेशी पर्यटक नेपाल आए

काठमाण्डाै – नोभेम्बर महिनामा हवाई मार्गबाट २६ हजार एक सय ३५ जना विदेशी पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या गएको वर्षको भन्दा १३ गुणाभन्दा धेरै हो । गएको वर्षको नोभेम्बर महिनामा नेपालमा हवाई मार्गबाट एक हजार नौ सय ५६ जना विदेशी आएका थिए । कोरोना महामारीको जोखिम कम भएको र सरकारले क्वरेण्टीन तथा भिसा प्रक्रियालाई सहज बनाएकाले यो वर्ष पर्यटकको सङ्ख्या बढेको पर्यटन बोर्डका निर्देशक एवम् सूचना अधिकारी मणिराज लामिछानेले जानकारी दिनुभयो । यस वर्ष पर्यटकको सङ्ख्या बढेको भएपनि कोरोना महामारी सुरु हुनुअघिको भन्दा कम...

कोरोनाको नयाँ भेरियन्ट :  के होला पर्यटन क्षेत्रमा प्रभाव?

काठमाडौं :  करिब दुई वर्षदेखि महामारीको रूपमा फैलिएको कोरोना भाइरसले नेपालको पर्यटन क्षेत्रमा ठूलो धक्का पुग्यो। कोरोनाको संकट कम भएसँगै केही महिनादेखि  पर्यटन क्षेत्र लयमा फर्किदै थियो। विदेशी पर्यटक नेपाल घुम्न आउने मौसम भएकाले बाह्य पर्यटकको चहलपहल बढ्दै गएको थियो। नेपालका विभिन्न क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै थियो। पछिल्ला दिनमा पर्यटक आगमनमा झिनो सुधार देखिएको थियो। विशेषगरी सरकारले विदेशी पर्यटकलाई ‘अन अराइभल भिसा’ व्यवस्था गरेसँगै पर्यटक आगमन

खोपको मात्रा पूरा नगरेका पर्यटकलाई नेपाल आउन कठिन

१७ असोज, काठमाडौं । कोभिड–१९ विरुद्धको पूर्ण खोप नलगाएका विदेशी पर्यटक र टुरिष्ट भिसामा आउने गैरआवासीय नेपालीलाई नेपाल आउन कठिन देखिएको छ । सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाटै भिसा लिएर नेपाल आउनु पर्ने प्रावधानका कारण उनीहरुलाई नेपाल आउन कठिन देखिएको पर्यटन व्यवसायीहरु बताउँछन् । अघिल्लो साता सरकारले विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने […]

विदेशी पर्यटकहरूका लागि अनअराइभल भिसा खुल्यो

सरकारले विदेशी पर्यटक आगमनका लागि अनअराइभल भिसा खुल्ला गरेको छ । पर्यटन आगमनका लागि केही लचिलो नीति अबलम्बन गर्दै सरकारले अब कोभिड विरुद्धको पूर्ण डोज खोप लगाएका र आवश्यक प्रक्रिया पुरा गरेका विदेशी पर्यटकहरूलाई अनअराइभल भिषा उपलब्ध गराउने निर्णय गरेको हो । कोभिड–१९ को नयाँ भेरियन्ट सङ्क्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारमा प्रतिकूल असर नपर्ने गरी विदेशबाट नेपाल आउने नेपाली तथा विदेशीहरुको आवागमनलाई व्यवस्थित गर्न बनेको संक्रमण रोग ऐन, २०२० लाई परिमार्जन गर्दै सरकारले विदेशी पर्यटकह

खोप लगाएका विदेशी पर्यटक नेपाल आउन पाउने

काठमाडौं, असोज ७ । सरकारले पर्यटकका लागि शर्तसहित अनअराइभल भिसा खुला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश २०७८’ सार्वजनिक गर्दै नयाँ व्यवस्थाबारे जानकारी गराएको हो । शर्तसहित अनअराइभल भिसा खुलेसँगै नजिकिएको पर्यटन सिजनमा नेपाल आउन चाहने विदेशी पर्यटकलाई सहज हुने […]

एकै दिन ४० जनाले लिए हिमाल आरोहणको अनुमति

काठमाडौं : सरकारले पर्यटक आगमनमा खुला गरेसँगै हिमाल आरोहण गर्न अनुमति लिनेको संख्या बढदै गएको छ। आइतबारमात्रै ४० आरोहीले अनुमति  लिएका छन्।ल्होत्से हिमालका लागि २३ जना, नुप्त्सेका लागि १४ र धौलागिरिमा ३ जना आरोहीले अनुमति पर्यटन विभागले जनाएको छ। ती मध्ये ३५ पुरुष र ५ महिला आरोहीले अनुमति लिएका हुन्। एक महिनामै भित्रिए १५ हजार विदेशी पर्यटक  विभागले ४० जना बाट ६४ लाख ४१ हजार ८ सय ४० राजश्व संकलन गरेको छ। विदेशी नागरिकले अनअराइभल भिसा पाउनेयसअघि अप्रिल १ सम्ममा १ सय ५१ जन

दुई महिनामा हिमाल आरोहीबाट साढे १० करोडभन्दा बढी राजश्व संकलन

काठमाडौं : पर्यटन विभागले पर्वतारोहीबाट गएको दुई महिनामा १० करोड ५३ लाख ५४ हजार ६ सय १९ रुपैयाँ राजश्व संकलन गरेको छ।विभागका अनुसार १ सय ५१ पर्वतारोहीले ८ वटा विभिन्न हिमाल आरोहण गर्न अनुमति पाएका थिए।  जसअनुसार १ सय ४ पुरुष र ४७ महिला छन् हिमाल आरोहण गरेका थिए। विदेशी नागरिकले अनअराइभल भिसा पाउनेमाउन्ट नुप्त्से हिमालमा ९, मनास्लु १, अन्नपूर्ण ४०, सगरमाथा ७२,ल्होत्से ७,टुकुचे १, धौलागिरी १२ र पुमोरी ५ जनाले आरोहण गरेका थिए।एक महिनामै भित्रिए १५ हजार विदेशी पर्यटक  .groupTitle