८ फागुन, काठमाडौं । सरकारले विभिन्न निकायका १०९ जना कर्मचारीलाई वैदेशिक अध्ययनमा पठाउने भएको छ । सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयको जनशक्ति योजना तथा विकास शाखाले निकालेको सूचना अनुसार निजामति सेवा ऐन अनुसार वैदेशिक अध्ययन, तालिम तथा भ्रमणसम्बन्धी अवसर सबै सेवालाई न्यायिक तवरले बाँडफाँड गरी उक्त संख्याका कर्मचारीलाई वैदेशिक अध्ययनमा पठाउन लागेको जनाएको छ […]