काठमाण्डाै – नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जा प्रभावकारी बन्दै गएको बताएको छ । देशमै उद्यमशिलता बढाउन र आत्मनिर्भरतर्फ केन्द्रित हुन भन्दै सुरु गरिएको सहुलियतपूर्ण कर्जा प्रभावकारी बन्दै गएको राष्ट्र बैंकको दाबी छ ।
राष्ट्र बैंकको नयाँ तथ्याङ्कअनुसार फागुन मसान्तसम्ममा ७७ हजार एक सय ९६ ऋणीले सहुलियतपूर्ण कर्जामार्फत एक खर्ब २४ अर्ब २८ करोड रुपैयाँ कर्जा लिएको राष्ट्र बैंकले जनाएको छ । यसमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत ३८ हजार तीन सय ५५ ऋणीलाई ८८ अर्ब २९ करोड रुपैयाँ ऋण लगानी गरिएको राष्ट्र बैंकले जनाएको छ...