आगामी वर्षको बजेट : नयाँ आयोजना बन्ने सम्भावना न्यून

काठमाडौं । अर्थ मन्त्रालयले आगामी वर्षको बजेटबारे विभिन्न मन्त्रालयका सचिवहरुसँग छलफल गरेको छ । सोमबार भएको छलफलमा मुख्य सचिव शंकरदास बैरागीले बजेट कार्यान्वयन हुन नसक्ने आधारहरु बारे गहन ढंगले छलफल गरेर मात्र अगाडी बढ्न सक्ने बताउनुभयो । राष्ट्रिय प्राथमिकतालाई मन्त्रालयहरुले ध्यान दिन आवश्यक रहेको पनि उहाँले बताउनुभयो । आगामी वर्षको बजेटमा बजेट खर्च गर्ने अधिकारीको काम कार्यान्वयनको मुल्यांकन हुनेगरी व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ठोस काम र परिणाम आउने कामलाई प्राथमिकता दिनेगरी बजेट निर्माण गर्न पनि उहाँले आग्रह गर्नुभयो । छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले अर्थ मन्त्रालयले छुट्याएको बजेटआधारले चालु बहुवर्षे ठेक्काबाहेक अन्य कार्यक्रम आयोजनालाई विनियोजन गर्न नपुग्ने अवस्था आएको गुनासो गर्नुभयो । कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका सचिव योगेन्द्र कार्कीले हरेक वर्ष कृषि क्षेत्रको बजेट घटाएर उपलब्धी हासिल गर्न नसकिने बताउनुभयो । उहाँले कृषि मन्त्रालयको प्राथमिकताको काम समेत गर्न नसकिने दाबी गर्नुभयो । रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले प्रतिरक्षा विश्वविद्यालयलाई प्राथमिकताको साथ अगाडी बढाउने गरी श्रोत सुनिश्चित गरिदिन माग गर्नुभयो । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले नयाँ आयोजनामा नापीको आधारभुत कार्यलाई अनिवार्य समावेश गरेर योजना बनाउनुपर्ने बताउनुभयो । मालपोत कार्यालय र नापी कार्यालय सञ्चालनको खर्च समेत नपुग्ने अवस्थामा रहेकाले परिणाम पनि नखोज्न अर्थ मन्त्रालयलाई आग्रह गर्नुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले बजेट निर्माण र कार्यक्रम तथा आयोजना तर्जुमा गर्ने प्रक्रियालाई पुनरावलोकन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । अहिले संघ, प्रदेश र स्थानीय सरकारले अलग अलग बजेट बनाउने तर एक अर्काको परिपुरक हुन नसकेका कारणले बजेट निर्माण प्रक्रियाको नै पुनरावलोकन गर्न आवश्यक रहेको उहाँको तर्क थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले अर्थ मन्त्रालयले दिएको बजेट आधारलाई पुनः मुल्यांकन गर्न आग्रह गर्नुभयो । बजेट आधार बाँडफाँड गर्दा हचुवाको भरमा गरेको भन्दै उहाँले असन्तुष्टि पोख्नुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले नेपाल सरकारका सबै मन्त्रालयको कामको समन्वय तथा कार्यक्रम हेर्ने गरी ...

सम्बन्धित सामग्री

बजेट तयारीका लागि पूर्वअर्थ मन्त्रीसँग अर्थ मन्त्रीको छलफल

अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट तयारीका लागि पूर्वअर्थमन्त्रीहरूसँग छलफल गर्नुभएको छ । पूर्व अर्थमन्त्रीले व्यवहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र नयाँ आयोजना थप नगर्न सुझाव दिनुभएको अर्थमन्त्रीको सचिवालयले जनाएकोछ । छलफलमा पूर्वअर्थ मन्त्रीहरू ज्ञानेन्द्रबहादुर कार्की, डा प्रकाशचन्द्र लोहनी, डा युवराज खतिवडा, विष्णु पौडेल र सुरेन्द्र पाण्डे सहभागी हुनुहुन्थ्यो । …

आगामी वर्षको बजेट प्रदेशको आर्थिक समृद्धिमा केन्द्रित : मन्त्री रावल

सुदूरपश्चिम प्रदेशका आर्थिक मन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्षको बजेट समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्धिलाई केन्द्रित गरेर प्रस्तुत भएको बताएका छन् ।प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बुधबार प्रदेश सभामा प्रस्तुत गरेको बजेटबारे बिहीबार आयोजित पत्रकारमा मन्त्री रावलले बजेट व्यवस्थित, सन्तुलित र समग्र क्षेत्रलाई समेटेर प्रस्तुत भएको दाबी गरे । उनले बजेटले विशेषतः प्रदेश गौरवका आयोजना, अधुरा तथा क्रमागत रहेका बहुवर्षिय पूर्वाधार योजनालाई प्राथमिकतामा राखेर पेश भएको ब

‘आगामी बजेट चुनावलक्षित देखियो’

सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट चुनावलक्षित देखिएको एमालेनिकट अर्थशास्त्रीहरूले टिप्पणी गरेका छन् । नेपाल बुद्धिजीवी परिषद्ले आइतबार काठमाडौंमा आयोजना गरेको ‘आगामी आर्थिक वर्षको बजेट अन्तक्र्रिया’ कार्यक्रममा सहभागी अर्थशास्त्रीहरूले बजेटलाई अनावश्यक...

अर्थमन्त्रीको दाबी : बजेट चुनावलक्षित छैन, कार्यान्वयन हुन्छ

१६ जेठ, काठमाडौं । आइतबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका अर्थमन्त्री जनार्दन शर्माले परम्पराअनुसार बजेटबारे थप स्पष्ट पार्न सोमबार पत्रकार सम्मेलन आयोजना गरे । चुनाव लक्षित बजेट ल्याएको, स्रोत जुटाउन मुश्किल हुने र खर्च गर्न कठिन हुने भनी आलोचना भइरहेका बेला अर्थमन्त्री शर्माले बजेट खर्च हुने दाबी गरे । उनका अनुसार बजेटको आकार चालु […]

पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाइने

बैतडी : सरकारले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाउने बताएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाका लागि नेपालका तर्फबाट गर्नुपर्ने कामलाई अघि बढाउने बताए।यो आयोजना भारत र नेपालको साझेदारीमा सम्पन्न गर्ने भनिए पनि अहिलेसम्म खासै काम हुन सकेको छैन। ३१५ मिटरको बाँध बाँधेमा यो आयोजनाबाट ६ हजार ४८० मेगावाट विद्युत् उत्पादन हुने बताइएको छ। नेपाल र भारतबीच पानी बाँडफाँडको विषयमा कुरा नमिल्दा यो आयोजना अन्योलमा छ।

बजेट भाषणसँगै सरकारले नै बिर्सिन्छ लोकप्रिय घोषणा

सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारीमा हुँदा चालु वर्षका लागि घोषणा गरेका धेरै लोकप्रिय कार्यक्रम भने ओझेलमा परेका छन् । खासगरी बजेट सार्वजनिक भएपछि नयाँ सरकार गठन हुनु र अघिल्लो सरकारले ल्याएको बजेटको पछिल्लो सरकारले अपनत्व नलिँदा कतिपय ठूला र लोकप्रिय आयोजना कागजमै सीमित बने ।

बजेट पुनरावलोकन गर्दै प्रदेश १ सरकार

१ नम्बर प्रदेश सरकारले बजेट पुनरावलोकन गर्ने भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले चालू आर्थिक वर्षको बजेट पुनरावलोकन हुने जनाएका छन् । बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेर मन्त्री आङ्बोले अनुत्पादक क्षेत्रको बजेट कटौती गर्ने बताए । प्राथमिकताका आधारमा नयाँ योजना समावेश गरेर चालू आर्थिक वर्षको बजेट कार्यान्वयनमा लगिने उनले बताए । पूर्व मुख्यमन्त्री शेरधन राईले गरेका महत्त्वपूर्ण योजनालाई निरन्तरता दिने उनले बताए । मुख्यमन्त्री राईको नेतृत्वमा सरकारमा आङ्बो आर्थिक मामिला तथा योजना म...

बजेट विकास र उत्पादनमुखी : आर्थिक मामिला मन्त्री शाह

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले आगामी आर्थिक वर्षको बजेट विकास र उत्पादनमुखी आएको बताएका छन् ।प्रदेश सभामा आर्थिक वर्ष २०७८\०७९ को बजेट प्रस्तुत गरेपछि बुधबार पत्रकार सम्मलेन आयोजना गरी मन्त्री शाहले प्रदेश सरकार गठन भएपछि पहिलो पटक विकास र उत्पादनमुखी बजेट आएको बताए । उनले भौतिक पूर्वाधार विकासका लागि ३३ प्रतिशत छुट्याइँदै […]

मन्त्रालयगत कार्ययोजना बनाएर बजेट कार्यान्वयन

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यन्वयन गर्नको लागि स्पष्ट कार्ययोजना तय गरिने बताउनुभएको छ । सरकारले आगामी आर्थिक वर्षको लागि अध्यादेशमार्फत ल्याएको बजेट राम्रो हुँदा हुँदै पनि कार्यन्वयनमा शङ्का गरिएको भन्दै अर्थमन्त्री पौडेलले मन्त्रालयगत कार्ययोजना बनाएर सरकार अघि बढ्ने उल्लेख गर्नुभयो । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज आयोजना गरेको बजेटपछिको छलफलमा …

बजेटका आयोजना छनोटमा कडाई

काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेटमा आयोजनाको छनोटमा कडाई गर्ने बताएका छन्। उनले अलपत्र पर्ने र कार्यान्वयनमा समस्या आउने आयोजनालाई यसपटक बजेट नपुग्ने बताएका हुन्। आगामी वर्षको बजेट सम्बन्धमा छलफल गर्न आयोजित कार्यक्रममा उनले स्थानीय तहलाई त्यस्ता प्रकारका आयोजना छनोट नगर्न निर्देशन नै दिए। उनले मूआब्जा वितरण भइसकेको र वातावरणीय प्रभाव मूल्यांकन सकिएका आयोजनालाई प्राथमिकता दिने संकेत गरेका छन्।