बजेटका आयोजना छनोटमा कडाई

काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेटमा आयोजनाको छनोटमा कडाई गर्ने बताएका छन्। उनले अलपत्र पर्ने र कार्यान्वयनमा समस्या आउने आयोजनालाई यसपटक बजेट नपुग्ने बताएका हुन्। आगामी वर्षको बजेट सम्बन्धमा छलफल गर्न आयोजित कार्यक्रममा उनले स्थानीय तहलाई त्यस्ता प्रकारका आयोजना छनोट नगर्न निर्देशन नै दिए। उनले मूआब्जा वितरण भइसकेको र वातावरणीय प्रभाव मूल्यांकन सकिएका आयोजनालाई प्राथमिकता दिने संकेत गरेका छन्।

सम्बन्धित सामग्री

महोत्तरीमा ट्राफिक नियममा कडाई

काठमाडौं । जिल्ला ट्राफिक कार्यालय महोत्तरीले ट्राफिक नियममा कडाई गरेको छ । ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने दैनिक २ सय भन्दा बढी सवारी साधनलाई कारबाही गरेको हाे । क्षमता भन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा दौडाउने र यात्रुमाथि अभद्र व्यवहार गर्ने जस्ता सवारी साधनलाई कारवाही गरिरहेको ट्राफिक कार्यालय महोत्तरीले जनाएको छ । चाडबाडको समयमा दुर्घटना […]

नेपालीलाई पर्यटक भिसामा कडाई

काठमाडौं । पर्यटक भिसामा विदेश जान सरकारले कडाई गरेको छ । पछिल्लो समय पर्यटक भिसामा विदेश जाने तर स्वदेश र्फिता नहुने प्रवृत्ति बढेर गएको भन्दै सरकारले पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापन सम्बन्धी कार्यविधि २०७९ स्वीकृत गर्दै कडाई गरेको हो । भिजिट भिसामा बाहिरिने र अन्य प्रयोजनमा संलग्न हुने नेपालीको संख्या बढेपछि कार्यविधिमार्फत व्यवस्थित गर्न […]

दैलेख सदरमुकाममा एकतर्फी सवारी संचालनमा कडाई

दैलेख सदरमुकाममा सवारी साधनलाई एकतर्फी संचालन अवज्ञा हुन थालेपछि अहिले प्रहरीले कडाई गरेको छ।

विमानस्थलबाट अवैध सुन आयात बढेपछि भन्सार चाँजपासमा कडाई

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनको आयात बढेपछि चाँजपासमा कडाई गरिएको छ । विदेशबाट नेपाल फर्किने नेपालीले अवैधरुपमा सुन ल्याउनेक्रम बढेपछि सोमबारदेखि जाँचपासमा कडाई गरिएको हो । भन्सार विभागले त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा कर्मचारी नै थपेर जाँचपासमा कडाई गर्न थालेको छ ।‘विदेशबाट फर्कने नेपालीले सुन ल्याउने क्रम बढेपछि हामीले जाँच पासमा कडाई गरेका हौं । अहिले विभागले जाँचपास गर्ने कर्मचारीको संख्या बढाएको छ,’ विभागका निर्देशक पुन्यबिक्रम खड्काले भने । उनले कानूनी

युरोपेली संघले बेलारुसमाथिको प्रतिबन्धमा थप कडाई गर्दै

एजेन्सी, ३० कात्तिक। युरोपेली संघ (ईयु) ले बेलारुसमाथिको प्रतिबन्धमा थप कडाई गर्ने भएको छ। सो क्षेत्रमा आप्रवासी संकट बढ्दै जाँदा संघले बेलारुसमाथिको प्रतिबन्धमा थप कडाई गर्न लागेको हो। ईयुले बेलारुसमाथिको प्रतिबन्धमा थप कडाई गर्नेबारे सोमबार (स्थानीय समय) निर्णय गर्ने अन्र्तराष्ट्रिय सञ्चारमाध्यममा खबर छ। ईयुका २७ सदस्यको बैठक बस्ने र सो बैठकले प्रतिबन्ध अनुमोदन गर्ने बताइएको […]

अफगानी रोक्न नेपालगञ्ज नाकामा कडाई

नेपालगञ्ज – अफगानिस्तानका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउन नेपालगञ्ज नाकामा कडाई गरिएको छ । भारतबाट खुल्ला सिमानाको फाइदा उठाउदै अफगानीहरु नेपाल प्रवेश गर्न सक्ने भएकाले नेपालगञ्ज नाकामा कडाई गरिएको हो । गृहमन्त्रालयले तराईका सबै नाकाहरुमा यस्तो सर्कुलर गरेको छ । पश्चिमको व्यस्त र भीडभाड हुने नेपालगञ्जनाकाबाट अफगानीहरु नेपाल प्रवेश गर्न सक्ने चुनौती रहेको छ । […]

काबुल विमानस्थल प्रवेशमा थप कडाई

अफगानिस्तानबाट उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सैनिकको अन्तिम उद्धार उडानसँगै शनिबारदेखि काबुल विमानस्थल प्रवेशमा तत्कालका लागि थप कडाई गरिएकोे तालिवान समूहले बताएको छ।...

उदयपुरमा कोभिडः चौदण्डीगढीमा निषेधाज्ञा थप कडाई

अन्य ठाउँमा कोभिड संक्रमण घट्दै जाँदा चौदण्डीगढीमा बढ्दै गएपछि जारी निषेधाज्ञालाई कडाई गरिएको छ। केहीदिनयता नगरपालिकाका विभिन्न वडाका वस्तीतर्फ संक्रमण बढ्दै गएको पाइएपछि निषेधाज्ञा कडाई गरिएको हो।...

बैंकलाई निषेधाज्ञामा राष्ट्र बैंकको कडाई

काठमाडौं। नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक तथा वित्तीय संस्थालाई निषेधाज्ञाको समयमा कडाई गरेको छ। केन्द्रीय बैंकले संक्रमणको दर बढिरहेको समयमा शाखा सञ्चालनमा कडाई गरेको हो। जसअनुसार उपत्यकामा वाणिज्य बैंकले जम्मा ६ वटा शाखा सञ्चालन गर्न पाउँछन्। काठमाडौंमा ३, लतिलपुरमा २ र भक्तपुरमा १ शाखा मात्रै सञ्चालन गर्न पाइने बताइएको छ।

डेढ साता काठमाडौं उपत्यकामा आवागमन कडाई गरिँदै

काठमाडौं । काठमाडौं उपत्यकामा डेढ साता आवागमनमा कडाई गरिने भएको छ । मध्यान्ह उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले त्यसबारे औपचारिक निर्णय गर्नेछन् ।प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रालयसँगको परामर्शपछि डेढ साता काठमाडौंमा कडाई गर्नेबारे छलफल अगाडि बढाएका हुन् । ‘निषेधाज्ञा लगाउने वा अन्य बिधिबाट आवागमन सिमित गर्ने भन्नेबारे हामी छलफल गर्छौ’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले रातोपाटीसँग भने–‘सामान्य छलफल भएको छ, हामी संयुक्त बैठक बसेर निर