सुदूरपश्चिम प्रदेशका आर्थिक मन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्षको बजेट समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्धिलाई केन्द्रित गरेर प्रस्तुत भएको बताएका छन् ।प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बुधबार प्रदेश सभामा प्रस्तुत गरेको बजेटबारे बिहीबार आयोजित पत्रकारमा मन्त्री रावलले बजेट व्यवस्थित, सन्तुलित र समग्र क्षेत्रलाई समेटेर प्रस्तुत भएको दाबी गरे । उनले बजेटले विशेषतः प्रदेश गौरवका आयोजना, अधुरा तथा क्रमागत रहेका बहुवर्षिय पूर्वाधार योजनालाई प्राथमिकतामा राखेर पेश भएको ब