पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाइने

बैतडी : सरकारले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाउने बताएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाका लागि नेपालका तर्फबाट गर्नुपर्ने कामलाई अघि बढाउने बताए।यो आयोजना भारत र नेपालको साझेदारीमा सम्पन्न गर्ने भनिए पनि अहिलेसम्म खासै काम हुन सकेको छैन। ३१५ मिटरको बाँध बाँधेमा यो आयोजनाबाट ६ हजार ४८० मेगावाट विद्युत् उत्पादन हुने बताइएको छ। नेपाल र भारतबीच पानी बाँडफाँडको विषयमा कुरा नमिल्दा यो आयोजना अन्योलमा छ।

सम्बन्धित सामग्री

फेरि पानी र लगानी विवादमै अड्कियो पञ्चेश्वर

२२ मंसिर, काठमाडौं । नेपाल र भारतबीच पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणमा फेरि पानी र लगानीकै विवाद बल्झिएको छ । १९ र २० असोजमा काठमाडौंमा बसेको दुबै देशका संयुक्त विज्ञ समूहको ५औं बैठकपछि भारत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा रहेका विवाद टुंग्याउन फेरि उदाशीन देखिएको छ । पछिल्लोपटक नेपाल र भारतबीच लाभको बाँडफँटका आधारमा लगानी टुंग्याउने सहमति […]

पञ्चेश्वर अघि बढाउन असार २१ र २२ मा बैठक

बहुचर्चित महाकाली सन्धिको प्रमुख योजनाका रूपमा रहेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना सञ्चालक समितिको आठौं बैठक यही असार २१ र २२ मा पोखरामा हुने भएको छ ।

पञ्चेश्वर आयोजना अगाडि बढ्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अगाडि बढ्ने बताएका छन् । बैतडीको शिवनाथ गाउँपालिकाको सुल्लेखानमा आयोजित सत्ता गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै उनले भन, “पञ्चेश्वर आयोजना बन्छ, पञ्चेश्वर बनेमा यहाँको विकास हुन्छ ।  यसलाई अवश्य अगाडि बढाउँछौँ । पञ्चेश्वरलाई अगाडि बढाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यू पनि सकारात्मक हुनुहुन्छ ।”यसका साथै उनले पाटन–पञ्चेश्वर सडकखण्ड छिट्टै कालोपत्र हुने बताए । बैतडीको तल्लोस

देउवाले फेरि दोहोर्‍याए पञ्चेश्वर र पश्चिमसेती

प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चेश्वर बहुद्देस्यीय आयोजना निर्माण अघि बढ्ने दोहोर्‍याएका छन्।  यही कार्तिक २३ गते पाटनमा आयोजीत चुनावी सभालाई सम्बोधन गर्दै पञ्चेश्वर र पश्चिमसेती आयोजना निर्माण गरेर सुदूरपश्चिममा कायापलट गर्ने दाबी...

अघि बढ्ला त पञ्चेश्वर बहुउद्देश्यीय आयोजना ?

लामो समयदेखि अध्ययनको चक्रबाट बाहिर निस्कन नसकेको पञ्चेश्वरलाई गति दिन पुनः नेपाल र भारत सहमत भएका छन् ।

पञ्चेश्वर बहुउद्देश्यीय परियोजना अलपत्र

काठमाडौं । मुलुककै सबैभन्दा ठूलो, महत्वाकांक्षी तथा बहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अहिले अलपत्र अवस्थामा पुगेको छ । सन् १९९६ देखि चर्चा र विवादको शिखरमा रहेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको कार्य प्रगतिका बारेमा नेपाल समाचारपत्रले राखेको जिज्ञासामा जलस्रोत ऊर्जा तथा सिंचाई मन्त्रालयका प्रवक्ता तथा सीडीई बाबुराजा अधिकारीले भन्नुभयो– ‘तीन वर्षयता पञ्चेश्वर प्राधिकरण टुहुरोजस्तै भएको छ । कुल […]

पञ्चेश्वर प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा भेटुवाल

मधु भेटुवाल पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, प्रमुख कार्यकारी अधिकृत बहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाउन नेपाल र भारत दुवैले संयुक्त रूपमा गठन गरेको पञ्चेश्वर विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मधु भेटुवाल नियुक्त भएका छन् ।मन्त्रिपरिषद्को बैठकले तीन वर्षका लागि नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयका सहसचिव समेत रहेका भेटुवाललाई नियुक्त गरेको हो । […]

पञ्चेश्वरको प्रगति अत्यन्त न्यून

बहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाउन गठित पञ्चेश्वर विकास प्राधिकरणको बैठक १६ महिनापछि सोमबारदेखि काठमाडौंमा सुरु भएको छ । प्रत्येक वर्ष दुई पटक बैठक बस्नुपर्ने प्रावधान रहे पनि २२ डिसेम्बर २०१६ पछि बल्ल सोमबारदेखि बैठक सुरु भएको हो ।

प्रदेश सभामा प्रधानमन्त्रीको भारत भ्रमणको चर्चा - Naya Patrika

प्रदेश सभा बैठकमा प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको विषयलाई सांसदहरूले जोडतोडका साथ उठाएका छन् । उनीहरूले महाकाली सन्धि, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, सिमानालगायतका विषयमा भारतसँग छलफल गर्न आग्रह गरेका छन् ।...पूरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवाले भनेः पञ्चेश्वर आयोजना बनाएरै छाड्छु

बैतडीः प्रधानमन्त्री शेरबहाुदर देउवाले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।  शुक्रबार नेपाली कांग्रेसले बैतडीको मेलौलीमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले आफ्नो पछिल्लो भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई अगाडि बढाउनेबारे ठोस सहमति भएकाले नेपाली कांग्र...