१ नम्बर प्रदेश सरकारले बजेट पुनरावलोकन गर्ने भएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले चालू आर्थिक वर्षको बजेट पुनरावलोकन हुने जनाएका छन् ।
बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेर मन्त्री आङ्बोले अनुत्पादक क्षेत्रको बजेट कटौती गर्ने बताए । प्राथमिकताका आधारमा नयाँ योजना समावेश गरेर चालू आर्थिक वर्षको बजेट कार्यान्वयनमा लगिने उनले बताए ।
पूर्व मुख्यमन्त्री शेरधन राईले गरेका महत्त्वपूर्ण योजनालाई निरन्तरता दिने उनले बताए । मुख्यमन्त्री राईको नेतृत्वमा सरकारमा आङ्बो आर्थिक मामिला तथा योजना म...