सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तले फागुन २४ गतेदेखि एकीकृत कारोबार गर्दै

काठामडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २४ गतेदेखि एकीकृत कारोबार शुरू गर्ने भएका छन् । मर्जरसम्बन्धी प्रस्ताव दुवै कम्पनीहरूको असोज ३० गते सम्पन्न अलगअलग बसेको विशेष साधारण सभाबाट पारित भएको थियो । नेपाल राष्ट्र बैंकले माघ २४ गते र नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयबाट फागुन ८ गते मर्जरका लागि स्वीकृति प्राप्त भएसँगै यी दुई कम्पनीले एकीकृत कारोबार शुरू गर्न लागेका हुन् । नेपाल धितोपत्र बोर्डबाट भने फागुन ९ गते अन्तिम स्वीकृति प्राप्त भएको जानकारी कम्पनीहरूले दिएका छन् । मर्जरपश्चात् बन्ने कम्पनीको केन्द्रीय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा कायम रहनेछ । एकीकृत कारोबार गर्दा दुवै कम्पनीको तथ्याङ्क एउटै सफ्टवेयरबाट वित्तीय कारोबार गर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने भएकाले फागुन २३ गते दुवै कम्पनीको सम्पूर्ण कारोबार बन्द रहने जानकारी कम्पनीहरूले दिएका छन् । सामुदायिक लघुवित्त वित्तीय संस्थाको हाल चुक्ता पूँजी १४ करोड ५२ लाख रुपैयाँ छ भने बिपिडब्लु लघुवित्तको चुक्ता पूँजी हाल ३ करोड रुपैयाँ छ ।

सम्बन्धित सामग्री

बिपिडब्लु लघुवित्त र सामुदायिक लघुवित्तले गरे मर्जरका लागि अन्तिम सम्झौता

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जरका लागि अन्तिम सम्झौता गरेका छन् । २०७९ साल फागुन २९ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका कम्पनीहरूलाई मर्जरका लागि नेपाल राष्ट्र बैंकले २०८० साल जेठ ३ गते सैद्धान्तिक सहमति प्रदान गरेको थियो । यी दुई कम्पनीबीच १ बराबर शून्य दशमलव ८५३५ को अनुपातमा मर्जरका जाने अन्तिम सम्झौता भएको हो । अन्तिम सम्झौता गरी नेपाल राष्ट्र बैंकसँग अन्तिम सहमति मागिसकेको यी कम्पनीहरूल राष्ट्र बैंकको स्वीकृतिपछि एकिकृत कारोबारको मिति तय गर्नेछन् । हाल बिपिडब्लु लघुवित्तको चुक्तापूँजी ३ करोड रूपैयाँ रहेको छ भने सामुदायिक लघुवित्तको १४ करोड ५२ लाख रूपैयाँ रहेको छ ।

मर्जर प्रस्ताव पारितका लागि सामुदायिक लघुवित्तले बोलायो विशेष साधारण सभा

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज ३० गते विशेष साधारण सभा बोलाएको छ । असोज १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दिन बिहान ११ बजे होटल उग्रचण्डी, बनेपा, काभ्रेपलाञ्चोकमा विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । सभामा बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जरमा जाने प्रस्ताव पारितका लागि पेस गरिनेछ । मर्जरका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने जिम्मेवारी सभाले दिनेछ । सभाले मर्जरका लागि तय भएको शेयर स्वाप रेसियोलाई समेत स्वीकृति प्रदान गर्ने बताइएको छ । बिपिडब्लु लघुवित्तसँग मर्जरका लागि १ बराबर शून्य दशमलव ८५३५ को शेयर स्वाप रेसियोबारे सहमति भएको छ । विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २१ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असोज २० गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।

सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि असार १४ गते बुक क्लोज गरेसँगै आजसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।  कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले असार २२ गते नवौं वार्षिक साधारण सभा गर्ने जानकारी दिएको छ । सभा काभ्रेपलाञ्चोकको धुलिखेल-३, नयाँ गाउँमार्गस्थित धुलिखेल  लज रिसोर्ट उक्त दिन बिहान ११ बजे शुरु हुनेछ ।  सभाले बिपिडब्लु लघुवित्त वित्तीय संस्थासँग मर्जर गर्ने, सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक शेयरधनीतर्फको ४ जना र सर्वसाधारण शेयरधनीतर्फको ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

मर्जर प्रस्ताव पारितका लागि बिपिडब्लु लघुवित्तले बोलायो साधारण सभा

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २६ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ । असार ३ गते बसेको सञ्चालक समितिको बैठकले होटल ले बगैंचाको सभा हल, जावलाखेल, ललितपुरमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।  सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै सामुदायिक लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रस्तावसमेत पारित गर्नेछ । मर्जरका लागि आवश्यक सम्पूर्ण कार्य गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ । यी दुई कम्पनीहरूलाई मर्जरमा जानका लागि नेपाल राष्ट्र बैंकले जेठ ३ गते सैद्धान्तिक सहमति प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डले पनि यी कम्पनीलाई मर्जरमा जान पूर्वस्वीकृति दिइसकेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असार १२ देखि असार २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असार ११ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् । सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तलाई मर्जरमा जान सेबोनको पूर्वस्वीकृति

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था र बिपिडब्लु लघुवित्त वित्तीय संस्थालाई मर्जरमा जान नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूर्वस्वीकृति प्रदान गरेको छ । जेठ ३ गते दुवै लघुवित्तले मर्जरमा जान सेबोनमा संयुक्त निवेदन पेश गरेका थिए । सो आधारमा सेबोनले एक आपसमा गाभ्न/ गाभिन तथा प्राप्ति सम्बन्धमा पूर्वस्वीकृति प्रदान गरेको हो । यस्तै नेपाल राष्ट्र बैंकले पनि दुवै कम्पनीलाई जेठ ३ गते नै मर्जरमा जान सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ । काभ्रेको बनेपा-१४ मा केन्द्रीय कार्यालय रहेको सामुदायिक र बिपिडब्लु लघुवित्त संस्थाबीच एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी नियमावलीअनुसार फागुन २९ गते एक आपसमा गाभ्ने/गाभिने सहमति भएको थियो ।

सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तबीच मर्जर सम्झौता

सामुदायिक लघुवित्त वित्तीय संस्था र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाबीच मर्जर प्रयोजनका लागि प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ । यी दुई लघुवित्तबीच गएको शुक्रबार समझदारीपत्रमा हस्ताक्षर भएको हो । सामुदानयिक लघुवित्त वित्तीय संस्थाले बिपिडब्लु लघुवित्तसँग मर्जर सम्झौता गरेकाले सेयर कारोबार रोक्का गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई पत्र लेखेको छ । सोही पत्रका आधारमा यो कम्पनीको सेयर […]