काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडलाई एक आपसमा मर्जरमा जान नेपाल राष्ट्र बैंकले सहमति प्रदान गरेको छ ।
यी दुवै कम्पनीले नेपाल राष्ट्र बैंकसमक्ष मर्जर सम्बन्धी विनियमावली, २०७३ अनुसार फागुन २९ गते दिएको संयुक्त निवेदनमा माग गरेअनुसार राष्ट्र बैंकबाट जेठ ३ गते सैद्धान्तिक सहमति प्राप्त भएको हो ।
यी दुई कम्पनीबीच एकआपसमा गाभ्ने/गाभिने वा मर्जरमा जाने सम्बन्धमा गत पुस १ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्ष भएको थियो । अब यी दुवै कम्पनीको वार्षिक साधारण सभाले मर्जरसम्बन्धी विशेष प्रस्ताव पारित गरी संस्थाको जोखिम मूल्यांकन तथा सम्पत्ति विवरणसम्बन्धी मूल्यांकनपश्चात् स्वाप रेशियो तय हुनेछ ।