काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि असार १४ गते बुक क्लोज गरेसँगै आजसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव पारितका लागि कम्पनीले असार २२ गते नवौं वार्षिक साधारण सभा गर्ने जानकारी दिएको छ । सभा काभ्रेपलाञ्चोकको धुलिखेल-३, नयाँ गाउँमार्गस्थित धुलिखेल लज रिसोर्ट उक्त दिन बिहान ११ बजे शुरु हुनेछ ।
सभाले बिपिडब्लु लघुवित्त वित्तीय संस्थासँग मर्जर गर्ने, सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक शेयरधनीतर्फको ४ जना र सर्वसाधारण शेयरधनीतर्फको ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।