मर्जर प्रस्ताव पारितका लागि बिपिडब्लु लघुवित्तले बोलायो विशेष साधारण सभा

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज ३० गते विशेष साधारण सभा बोलाएको छ । असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुर जाउलाखेलस्थित होटल ले बगैंचाको सभाहलमा उक्त दिन बिहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले सामुदायिक लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रस्ताव पारित गर्दै मर्जरका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ । यस्तै, सभाले मर्जरका लागि तय भएको शेयर स्वाप रेसियोलाई समेत स्वीकृति प्रदान गर्नेछ । मर्जरका लागि १ बराबर शून्य दशमलव ८५३५ को शेयर स्वाप रेसियोबारे सहमति भएको छ । विशेष साधारण सभामार्फत शेयर स्वाप रेसियोलाई समेत स्वीकृति प्रदान गरिनेछ । विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २४ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असोज २३ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् । सामुदायिक लघुवित्तले पनि बिपिडब्लु लघुवित्तसँग मर्जर प्रस्ताव पारितका लागि असोज ३० गते नै विशेष साधारण सभा बोलाएको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्