काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था र बिपिडब्लु लघुवित्त वित्तीय संस्थालाई मर्जरमा जान नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूर्वस्वीकृति प्रदान गरेको छ ।
जेठ ३ गते दुवै लघुवित्तले मर्जरमा जान सेबोनमा संयुक्त निवेदन पेश गरेका थिए । सो आधारमा सेबोनले एक आपसमा गाभ्न/ गाभिन तथा प्राप्ति सम्बन्धमा पूर्वस्वीकृति प्रदान गरेको हो ।
यस्तै नेपाल राष्ट्र बैंकले पनि दुवै कम्पनीलाई जेठ ३ गते नै मर्जरमा जान सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ । काभ्रेको बनेपा-१४ मा केन्द्रीय कार्यालय रहेको सामुदायिक र बिपिडब्लु लघुवित्त संस्थाबीच एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी नियमावलीअनुसार फागुन २९ गते एक आपसमा गाभ्ने/गाभिने सहमति भएको थियो ।