अविश्‍वासको प्रस्ताव असफल पार्न संसद् बोलाउन प्रधानमन्त्री खानद्वारा विपक्षीहरुको चुनौती

इस्लामावाद । पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) ले इमरान खान सरकारलाई आफ्नोविरुद्धको अविश्वास प्रस्ताव असफल पार्नेमा विश्वस्त भए राष्ट्रिय सभाको अधिवेशन बोलाउन चुनौती दिएको छ। 'यदि तपाईंसँग आवश्यक शक्ति (घरमा) छ भने, समय ...

सम्बन्धित सामग्री

अल्बानियाकाे संसद् ३ पटकमा पनि राष्ट्रपति चयन गर्न असफल

अल्बानियाकाे संसद् तीन पटकमा पनि राष्ट्रपति चयन गर्न असफल भएको छ । चुनावका लागि तीन पटक समय तोक्दा पनि राष्ट्रपतिमा कसैको उम्मेदवारी नपरेपछि नयाँ राष्ट्रपति चयन गर्न संसद् नै असफल भएको हो । पछिल्लो समय प्रधानमन्त्री चयनका लागि आज सोमवार बैठक बोलाइएको र आइतवार बेलुका ४ बजेसम्ममा उम्मेदवारी दर्ता भइसक्नु पर्नेमा उम्मेदवारी दर्ता नभएको संसद् सचिवालयले जनाएको छ ।  त्यसअघि गएकाे मे १६ र २३ तारिखमा राष्ट्रपति चयनका लागि चुनाव  हुने तय गरिएको थियो । प्रक्रिया सुरु भएदेखि नै सत्तारूढ दल सोसलिस्ट पार्टी (एसपी) ले स...

‘एमाले ओलीले फुटाएका हुन्, काँग्रेसले होइन’

करिब १ महिनादेखि संसद् गतिरोधको अवस्थामा छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको निरन्तरको अवरोधका कारण संसद् सुचारु हुन सकेको छैन । एमालेलाई विश्वासमा लिन नसक्दा संसद्को अवरोध अन्त्यका लागि प्रधानमन्त्री र सभामुख दुवैको प्रयास असफल भएको छ ।सत्तारुढ नेपाली काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल एमाले आफ्नो जिम्मेवारीबाट चुकेको बताउँछिन् । एमालेले आफ्नो निजी स्वार्थमा मुलुकलाई बन्धक बनाउन खोजेको भुसालको आरोप छ । एमालेका १४ जना सांसदमाथिको कारबाहीका सन्दर्भमा एमालेले सर्वोच्च अदालतमा मुद्दा हाले

क्यानडा चुनाव : प्रधानमन्त्री ट्रुडोको पार्टी पहिलो नम्बरमा

काठमाडौं : क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पार्टीले हिजो भएको संसदीय चुनावमा जित हासिल गरेको छ। यद्यपि, संसदमा एकल बहुमत जुटाउन भने ट्रुडोको पार्टी असफल भएको छ। आम चुनावमा लिवरल पार्टीले १ सय ५७ सिटमा जित नजिक छ। यसअघि सन् २०१९ मा भएको निर्वाचनमा पनि उनको पार्टीले यत्ति नै सिटमा जित हात पारेको थियो। क्यानडाको संसद् हाउस अफ कमन्समा बहुमतका लागि १ सय ७० सिटमा जित निकाल्नुपर्छ। कन्जरभेटिभ्स पार्टीले १ सय २१ सिटमा जित निकालेको छ। अघिल्लो चुनावमा कन्जरभेटिभ्स पार्टीको पनि यही स्थिति

नेपालमा संसद् विघटनको इतिहास : कसले कतिपटक प्रयास गरे, को-को सफल, को असफल ?

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्रतिनिधि सभा विघटन गरेकी छन् । २०७८ जेठ ८ गते प्रतिनिधि सभा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेकी हुन् । यसपटकको प्रतिनिधि सभा विघटन नेपालको इतिहासमा सातौं विघटन हो। यसअघि २०७७ पुस ५ गते पनि प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । त्यसलाई सर्वोच्च अदालतले २०७७ फागुन फागुन ११ गते बदर गरेको थियो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा ग...

विश्वासको मत पाउन असफल : प्रधानमन्त्री ओली कामचलाउ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विश्वास गुमाउनु भएको छ । प्रतिनिधिसभाको सोमवार बसेको बैठकमा ओलीले पेश गर्नुभएको विश्वासको मतको प्रस्ताव सभाले अस्वीकृत गरेसँगै संविधानतः ओली सरकार कामचलाउ सरकार बनेको छ । सरकार निर्माण सम्बन्धमा अन्योल कायम रहे पनि सोमबारको मतदानले राजनीतिक निकास खोल्ने अपेक्षा गरिएको छ । सोमवार प्रतिनिधिसभासमक्ष प्रधानमन्त्री ओलीले राखेको विश्वासको मत प्राप्त गर्ने सम्बन्धी प्रस्तावको पक्षमा ९३ मत मात्रै परेकाले उहाँको सरकार कामचलाउमा परिणत भएको हो । प्रधानमन्त्रीका रूपमा निरन्तरताका लागि ओलीलाई प्रतिनिधि सभामा कायम कुल २७१ सांसदको बहुमत अर्थात् १३६ मत आवश्यक थियो । २३२ जना सांसद उपस्थित प्रतिनिधि सभाको विशेष बैठकमा प्रधानमन्त्री ओलीले राख्नुभएको प्रस्तावको विपक्षमा १२४ मत प¥यो भने १५ जना सांसदले पक्ष वा विपक्षमा मतदान गरेनन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षका सांसद र राष्ट्रिय जनमोर्चाका सांसदले विपक्षमा मतदान गरे । त्यस्तै, जसपाकै अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षका सांसद तटस्थ बसे । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसद बैठकमा सहभागी भएनन् । माओवादीले समर्थन फिर्ता नलिँदै प्रधानमन्त्री ओलीले संविधानको धारा १०० को प्रावधानअनुसार विश्वासको मत लिएका थिए । ओली नेकपा (माओवादी केन्द्र) को समर्थनमा ३ फागुन २०७४ मा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । आम निर्वाचनबाट बहुमत प्राप्त नेकपाको संसदीय दलको नेताको हैसियतमा ओली प्रधानमन्त्री हुनुभएको थियो । तर, सोमवार उहाँले प्रतिनिधिसभामा बहुमत सिद्ध गर्न सक्नुभएन । प्रधानमन्त्री ओली पदमुक्त भए पनि नयाँ प्रधानमन्त्री नियुक्त नहोउन्जेल ओलीले नै कामचलाउ प्रधानमन्त्रीका रूपमा काम गर्नु हुनेछ । प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न नसकेको घोषणा गर्दै प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सभाको अर्काे बैठक ३० वैशाख दिउँसो १ बजेका लागि बोलाउनुभयो । तर, सोमवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाको अधिवेशन नै अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेको छ । बालुवाटारमा बसेको बैठकले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको अधिवेशन अन्त्य गर्न सिफारिश गरेको सरकारका एक मन्त्रीले जानकारी दिए । नेकपाको माधव नेपाल समूहको आगामी रणनीति केहो भन्ने स्पष्ट छैन । त्यसैले नयाँ सरकार कस्तो बन्छ वा यही सरकारले निरन्तरता पाइरहन्छ भन्ने अन्योल कायमै छ । संसद्मा आरोप–प्रत्यारोप प्रतिनिधिसभासमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको प्रस्तावमाथि छलफलका क्रममा सोमवार दलहरूबीच आरोपप्रत्यारोप चल्यो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीले संवैधानिक व्यवस्था समाप्त गरेको आरोप लगाए । संसद् पुनःस्थापना भएपछि राजीनामा दिनुपर्नेमा अटेर गरेको भन्दै देउवाले ओलीको चर्को आलोचना गरे । त्यस्तै, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पनि प्रतिनिधिसभासमक्ष विश्वासको मत माग्ने नैतिक अधिकार ओलीले गुमाएको भन्दै आक्रोश पोखे । प्रधानमन्त्री ओली प्रतिनिधिसभा विघटन गर्ने मनसायका साथ विश्वासको मत लिएर आएको हुन सक्ने उनको आशंका थियो । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बजेट र योजना विनाको शिलान्यास गरेर ओली सरकारले गलत काम गरेको बताए । उनले भने, ‘आयोजनाको डिजाइन पनि छैन, बजेट पनि छैन, हतार÷हतार शिलान्यास गरेको छ, बजेट र योजनाविनाको शिलान्यासलाई विकास भनिँदैन प्रधानमन्त्रीजी ।,’ संसद्मा बोल्ने अन्य दलले समेत ओली सरकारको चर्को आलोचना गरेका थिए तर प्रधानमन्त्री ओलीले भने आप्mनो सरकारको रक्षा गर्नुभयो । नयाँ सरकार गठनका लागि राष्ट्रपतिद्वारा आह्वान काठमाडौं (अस) । वर्तमान सरकार कामचलाउ बनेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । सोमवार विज्ञप्ति जारी गर्दै उहाँले दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई प्रधानमन्त्रीको दाबी पेश गर्न आह्वान गर्नुभएको हो । नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई ३० गते बिहीबारका दिन साँझ ९ः०० बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेश गर्न राष्ट्रपतिले आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ताले केशवप्रसाद घिमिरेले जानकारी दिए ।

फेरि प्रतिनिधिसभा विघटन गर्ने ओलीको संकेत

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌बाट आफूले विश्वासको मत पाउन नसके फेरि प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने संकेत गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूसँग बुधबार भएको छलफलमा ओलीले निर्वाचनमा मिलेर जान प्रस्तावसमेत गरे ।कांग्रेसले विश्वासको प्रस्ताव असफल बनाउने निर्णय गरेकै भोलिपल्ट बुधबार ओली सहयोगीहरूका साथ देउवा निवास बूढानीलकण्ठ पुगेका थिए । उनले लामो पृष्ठभूमिका साथ आफूले संसद्‌बाट विश्वासको मत नपाए निर्वाचनमा जाने परिस्थिति बन्ने उल्लेख गरेको कां

बजेट प्रणाली पुनरावलोकनको आवश्यकता

समग्र बजेट प्रणाली नै असफल भइसकेको वर्तमान परिप्रेक्ष्यमा नयाँ अर्थमन्त्रीलाई बजेटको तयारी गर्नु चुनौतीपूर्ण छ । आगामी आर्थिक वर्ष २०७८-७९ को बजेटको तयारी सुरु भइसकेको छ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने निर्णय कायमै राखेर संसद् विघटन सदर ग-यो भने त्यसपछि स्वतः वर्तमान सरकार कामचलाउ चुनावी बन्छ वा सर्वोच्च अदालतले संसद् […]

काँग्रेस सर्वाेच्चबाट आउने फैसलाको प्रतिरक्षामा उभिन्छ : एनपी साउद

काठमाडौं । नेपाली काँग्रेसका नेता एनपी साउदले नेपालका कम्युनिस्टहरुको असफलताका कारण संसद् विघटनको घटनासम्म मुलुक पुगेको बताएका छन् । संसद विघटन विरुद्ध शनिबार काभ्रेमा भएको विरोधसभामा नेता साउँदले भने, 'अहिले मुलुकमा प्रधानमन्त्री केपी ओलीमात्र असफल भएका छैनन् । यो ओलीको असफलताको कथामात्र होइन, ओलीसँगै पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र नेपालका सबै कम्युनिस्टहरुको असफलताको कथा हो ।'उनले जनताले दुई तिहाइ बहुमत दिएपछि सरकार सम्हालेका नेपालका कम्युनिस्टहरुले जनतलाई झुटा आश्ववासनमात्रै दिए