अल्बानियाकाे संसद् तीन पटकमा पनि राष्ट्रपति चयन गर्न असफल भएको छ । चुनावका लागि तीन पटक समय तोक्दा पनि राष्ट्रपतिमा कसैको उम्मेदवारी नपरेपछि नयाँ राष्ट्रपति चयन गर्न संसद् नै असफल भएको हो ।
पछिल्लो समय प्रधानमन्त्री चयनका लागि आज सोमवार बैठक बोलाइएको र आइतवार बेलुका ४ बजेसम्ममा उम्मेदवारी दर्ता भइसक्नु पर्नेमा उम्मेदवारी दर्ता नभएको संसद् सचिवालयले जनाएको छ ।
त्यसअघि गएकाे मे १६ र २३ तारिखमा राष्ट्रपति चयनका लागि चुनाव हुने तय गरिएको थियो ।
प्रक्रिया सुरु भएदेखि नै सत्तारूढ दल सोसलिस्ट पार्टी (एसपी) ले स...