प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्रतिनिधि सभा विघटन गरेकी छन् ।
२०७८ जेठ ८ गते प्रतिनिधि सभा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेकी हुन् ।
यसपटकको प्रतिनिधि सभा विघटन नेपालको इतिहासमा सातौं विघटन हो। यसअघि २०७७ पुस ५ गते पनि प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।
त्यसलाई सर्वोच्च अदालतले २०७७ फागुन फागुन ११ गते बदर गरेको थियो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा ग...