राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले पार्टीले काम गर्न दिएन भनेर प्रधानमन्त्रीले संसद् विघटन गर्न नमिल्ने बताएका छन् ।
राष्ट्रिय सभाको बिहीवारको बैठकको विशेष समयमा बोल्दै सांसद बिडारीले केपी शर्मा ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै भूमिकामा असफल भएको जिकिर गरे ।
'पार्टीले काम गर्न दिएन भन्यो भने पार्टीको अध्यक्ष असफल भयो, संसद्ले अविश्वासको प्रस्ताव ल्याउने तयारी गर्यो, मलाई डर लाग्यो, म त तर्सें अनि संसद् भंग गरें भन्यो भने प्रधानमन्त्री असफल भयो त अध्यक्ष महोदय !' बिडारीले भने, 'यता अध्यक्ष...