करिब १ महिनादेखि संसद् गतिरोधको अवस्थामा छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको निरन्तरको अवरोधका कारण संसद् सुचारु हुन सकेको छैन । एमालेलाई विश्वासमा लिन नसक्दा संसद्को अवरोध अन्त्यका लागि प्रधानमन्त्री र सभामुख दुवैको प्रयास असफल भएको छ ।सत्तारुढ नेपाली काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल एमाले आफ्नो जिम्मेवारीबाट चुकेको बताउँछिन् । एमालेले आफ्नो निजी स्वार्थमा मुलुकलाई बन्धक बनाउन खोजेको भुसालको आरोप छ । एमालेका १४ जना सांसदमाथिको कारबाहीका सन्दर्भमा एमालेले सर्वोच्च अदालतमा मुद्दा हाले