पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै एक हजार ७२२ संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १३६१, ललितपुर २७१ र भक्तपुरमा ९० जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा ३२ हजार १७ सक्रिय संक्रमित छन् भने हालसम्म मृत्यु संख्या दुई हजार २६७ र संक्रमणमुक्त हुनेको संख्या दुई लाख ८० हजार ४४९ रहेको छ ।
भक्तपुरमा पाँच हजार ४८३ सक्रिय संक्रमित, मृत्यु संख्या ४४४ र संक्रमणमुक्त हुनेको संख्या ३१ हजार ३८० छ ।
त्यस्तै ललितपुरमा सक्रिय संक्रमित ९ हजार ९०७, मृत्यु संख्या ७२५ र संक्रमणमुक्त ...