काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा थप ४३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै काठमाडौंमा कूल संक्रमितको संख्या दुई लाख ४ हजार ५९० पुगेको छ। संक्रमितमध्ये एक लाख ९७ हजार ७०९ जना निको भइसकेका छन्। हालसम्म काठमडौंमा एक हजार ८७८ जना संक्रमितको मृत्यु भएको छ। आज काठमाडौंमा ४ हजार ९१६ जना सक्रिय संक्रमित रहेका छन्।